सांसद यादवलाई क्‍वारेन्टाइनमा राख्‍न गृहको निर्देशन,

चैत २७ ,काठमान्डौ – संघीय सांसद प्रदीप यादवलाई क्‍वारेन्टाइनमा राख्‍न गृह मन्त्रालयले निर्देशन गरेको छ ।

समाजवादी पार्टी नेपालका सांसद यादवले भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएका थिए।

अनधिकृत रुपमा क्वारेईन टाईनमा रहेका व्याक्तिलाई यादवले भेटेर आएपछि बिहीबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिँदै सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनेको छ ।

lekbesi

निर्देशिका र नीतिविपरित सांसद यादवले क्वारेन्टाइनमा बसेका मानिसलाई भेटेको पाइयो। स्वारेईनटाईनमा अरहेका व्याक्तिलाई भेटेपछि भेट्ने व्याक्तिपनि क्वारेईन टाईनमा बस्न पर्छ।

यसमा सानो ठुलो भन्ने केहि पनि छैन । यसको लागि जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए।