सबैले विचित्रको अनुभव झेलिरहेका छौ बाबुराम भट्टराई,

चैत २७ ,काठमान्डौ – समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले लकडाउनको बेला सबैले चिन्ता नगरी तनावमुक्त रही बस्न सबैलाई आग्रह गरेका छन् ।

यस्तो बेलामा जीवन वा स्वतन्त्रता भन्ने होइन, हामीलाई जीवन र स्वतन्त्रता दुबै चाहिन्छ’ भट्टराईले भनेका छन् ।हामी सबैले बडो विचित्रको अनुभव गरिरहेका छौं ।

सबै आआफ्नो घरभित्र थुनिएका छौं । हाम्रो देश धेरै शुन्दर छ कल्पना गर्नुहोस त ,।घरको कौंशी वा बार्दलीमा निस्केर बाहिर हेर्दा कति सुन्दर दृश्यहरु देख्न सक्छौं । घर परिवारमा रमाउने संस्कृति हाम्रो छ ।

lekbesi

अहिले हामी एक्लिएका होइनौं । हामीले कोरोना भाइरसलाई अलग्याएका हौं । यसमा हामी स्पष्ट रह्यौं भने तनावमुक्त रहन सक्छौं ।

’यस्तो बेला जति तनाब भएपनि सकारात्मकत सोच राख्दा आफु सुखी हुने र रोगलाई जित्न सकिने भट्टराईले बताएका छन् ।

अहिले विश्वमा फैलीएको कोरोना संक्रमणलाई जित्न राज्य र नागरिकको सहकार्यमा यो रोगलाई प्रस्ट गर्नसकिने भट्टराईले बताएका छन् ।

यो बेला राज्यले नागरिकलाई सहयोग गर्नपर्ने पनि भट्टराईले बताए ।आफु पनि बचौ,अरुलाई पनि बचाउ सकारात्मक सोच राखौ ।

,विदेशबाट आफ्नो घर परिवारलाई भेट्न आउने सबै दाजु भाई दिदि बहिनीहरु कम्तिमा दुई हप्ता जति क्वारेईन टाईनमा बसी भेट्न जाऊ भट्टराईले करिब ६ मिनेट लामो भिडियो सन्देशमा भनेका छन् ।