प्रधानमन्त्री कार्यालयको फेसबुक पेज डिलिट,कसले गर्यो भ्रामक पोस्ट ,

चैत २७ ,काठमान्डौ – प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज डिलिट भएको छ ।ओपीएमसीएमएनपी नामक युजरनेम रहेको फेसबुक पेज बिहीबार साँझदेखि निस्क्रिय देखिन्छ ।

उक्त पेजबाट बिहीबार साँझ एउटा सूचना सार्वजनिक गरियो ‘लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने खोज्नु भएका बासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्च स्तरीय समितिको बैठकले भोलि र पर्सी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ ।

lekbesi

केहि बेरमै उक्त पोस्टको तल थप पोस्ट थपियो स्थानीय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोलि र पर्सी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ।

सर्वसाधारलाई सहज जानकार दिन खोलिएको प्रधानमन्त्री कार्यालयको यो पेजमा छिन छिनमै पोस्ट थपिदा सबै अन्यौलमा परे ।

सामाजिक संजालभरि उपत्यकामा रहेका लकडाउनले अलपत्र परेका नागरिकलाई घर जान पाउने भनेर संचार लेख्ने संचारमिडिया हरि ५ मिनेट पछि निर्णय रद्द भनेर आउन थाले । यो कुराले सबैलाई अचम्मित बनायो ।

प्रधानमन्त्री कार्यालयको फेसबुक पेजबाट केही बेरमा यो पोष्ट हट्यो र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको फेसबुक पेज नै निस्क्रिय बनेको छ।

प्रधानमन्त्री कार्यालयका प्रयोग हुने आधिकारिक पेज ,टुवीइट वेईबमा त्रुटी देखिने गरेको पाईन्छ ।बारम्बार यस्ता कार्य हुनुले थप आसंका मानिने गरेको छ ।