Simta
Simta
lekbesi

अमेरिकामा कोरोनाबाट मुतकको संख्या १६ हजार नाघ्यो ईटालिमा १८ हजार नाघ्यो ,

Gurvakot

चैत २८ ,काठमान्डौ – अमेरिकामा कोरोना संकरमं कोभिड १९ बाट मृतुहुनेको संख्या १६ हजार नाघेको छ। तेस्तै अमेरिकामा बिहिबारमात्र १९ सय जनाको मृतु भएको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म भाइरसबाट मृत्यु हुनेको संख्या १६ हजार पाँच सय १३ पुगेको हो ।

तेस्तै अमेरिकामा हाल सम्म ४ लाख ६२ हजार भन्दा बढी कोरोना संक्रमित छन् दैनिक ३० हजारका दरले अमेरिकामा संक्रमित फेलापरेका छन् भने २५ हजार भन्दा बढी निको भएर फर्किसकेका छन्।

lekbesi

हाल सम्म अमेरिकामा २० लाख भद्ना बढीको कोरोना परिक्षन गरिएको अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ह्वाइट हाउसमा बताएका छन् ।

तेस्तै कोरोना संक्रमणबाट मृतु हुने देशमा अमेरिका दोश्रोमा परेको छ। हाल सम्म ईटालीमा १८ हजार बढीको मृतु भईसकेको छ। कोभिड १९ बाट स्पेनमा १५ हजार बढी ,फ्रान्समा १२ हजार बढीको मृतु भईसक्को छ ।

चीनको हुवेईबाट फैलीएको कोरोना कोभिड १९ हाल विश्वका २१० भन्दा बढी देशमा फैलिसकेको छ ।नेपालमा कोरोना संक्रमणको बिरामी ९ जना छन् ति मध्ये १ जना ठिक भएर फर्किसकेका छन् ।

कोरोना संक्रमणको महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले लकडाउनको अवधि वैशाख ३ गते सम्म बढाएको छ भने आन्तरिक उडान १८ गते सम्मको लागि बन्द गरिएको छ।

Simta