Simta
Simta
lekbesi

लकडाउनमा रामग्राम नगरपालिकाले वितरण गरेको कुहिएको चामल ,किरा परेको सोयाबिन ,

Gurvakot

चैत २८ ,नवलपरासी पश्चिम- नवलपरासी पश्चिमको रामग्राम नगरपालिकाले बितरण गरेको खाद्यन्न सामाग्री कुहिएको र गुणस्तरहीन भएको भेटिएको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका गर्न लागी गरिएको लकडाउनका कारण नगर क्षेत्रभित्र रहेका दैनिक मजदुरी गरेर खाने गरीब तथा विपन्न वर्ग घरधुरीलाई वडा मार्फत बितरण गरेको खाद्यान्न सामाग्राी गुणस्तरहीन भएको भेटिएको हो ।

lekbesi

रामग्राम नगरपालिकाले दैनिक मजदुरी गरेर खाने गरीब तथा विपन्न वर्ग घरधुरीलाई बितरण गरेको खाद्यान्न सामाग्री चमल कुहिएको सोयबिनमा किरा भेटिएको छ ।

नगरपालिकाले पहिलो चरणमा १ देखी १३ वडामा वडामार्फत राहत सामाग्रीमा बितरण गरेको चमलमा कुहिएको सोयबिनमा कीरा भेटिएको रामग्राम नगरपालिकाको वडा नं.६ का स्थानियबासी सोहन केवाटले बताए ।

नगरपालिकाले दैनिक मजदुरी गरेर खाने गरीब तथा विपन्न वर्गहरुलाई १० किलो चमल दिने भने पनि तौल गर्दा नौ किलो मात्र भएको ।

यसरी दैनिक मजदुरी गरेर खाने गरीब तथा विपन्न वर्गहरुको रामग्राम नगरपालिकाले उपहास गरको स्थानीयले गुनासो गरेका छन ।

दैनिक ज्यालामजदुरी गर्ने रामग्राम-६ पोखरापाली र वडा ११ रानीपाकडका विपन्न परिवार र स्थानीय बासिन्दालाई वितरण गरेको चामल कुहिएको बितरण गरेको स्थानीयले बताए ।

चामल खान उपयुक्त नदेखिए पछी वडा नं.-६ का स्थानीयले वडा नं.- ६ का अध्यक्ष जितेन्द्र अग्रहरीको घरमा र वडा ११का स्थानीयले नगरपालिकाको गेटमा फाल्दिएका छन ।

रामग्राम नगरपालिकाले राहत स्वरुप बाढेको चामल कुहिएको भन्दै विपन्न परिवारले दुखेसो गरेका हुन । नगरपालिकाले बाडेको राहतमा चामल कुहिएको र ढुङ्गा धेरै भेटिएको छ ।

चमलमा तीन प्रकारको चामल मिसावट गरिएको पाइएको छ । जस्मा मोटा मिसिनो खुदी चामलमा मिसावट गरिएको र कुहिएको सोयबिनमा किरा रहेको स्थानीयबासी सुरेन्द्र कोहारले बताए छन ।

रामग्राम नगरपालिकाको नगरकार्यपालिकाले रामग्राम वडा नं.-६ स्थित रहेको राजेश राईस मिलबाट चमल र सोयाबिन स्थानिय पसलबाट खरिद गरि राहत बितरण गरेको थियो ।

उक्त राईस मिलबाट ४० रुपैयाँ किलोग्रामको दरले नगरपालिकाले खरिद गरेको चमालमा अहिले बजारमा २५ र ३० रुपैयाँ पर्ने चामल एक व्यापारीले बताए ।

सबै वडाहरुबाट बिरोद्ध आएपछि राहत सामाग्री बितरण रोक लागएको छ । रामग्रा नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ता रामग्राम नगरपालिकाकाो वडानं.- ६ स्थित रहेको राईस मिलका प्रोपाईटर पटवारी बनियाले चामलमा मिसवाट गरेको पाईएको बताए ।

उनले उक्त राईस मिलबाट खरिद गरेको चमल सबै फिर्ता गरेर अर्को राम्रो चमल ल्याएर राहत बितरण कार्य अगाडि बढाईने बताए ।

फिर्ता भएको खाद्यान्न सामाग्रीको गुणस्तर नापजाच गरी मात्र नगरपालिकाले राहत सामाग्री बितरण गर्ने बताए ।

अंगद यादव/नवलपरासी पश्चिम

 

Simta