Simta
Simta
lekbesi

बनगाड कुपिण्डे नगरपालिका वडा न. ११ मा वडा स्तरिय कोरोन रोकथाम कोष स्थापना ,

Gurvakot

चैत २८ ,काठमान्डौ – बनगाड कुपिण्डे नगरपालिका वडा न ,११ मा कोराना भाइरस (कोभिड १९) रोक्थाम तथा राहत ब्यब्स्थापन गर्न वडा अध्यक्ष वीर ब बुढा को सयोजकत्वमा ३ स्दस्यिय समिती गठन गरेको छ ।

समितिमा संयोजक बिर बहादुर बुढा ,सुवास शाह ,र बिष्णु ढकाल रहेका छन् । समितिले विषम महामारीको बेला सबै इच्छुक ब्याक्ती ,व्यापारी कर्मचारी ,संघ संस्थासंग सहयोगको अपिल गरेको छ ।

कोषमा आजै २५ हजार जम्मा भएको पनि वडा अध्यक्ष बिर बहादुर बुढाले रंग दर्पणलाई जानकारी दिए । कोरोना संक्रमणबाट बच्न र बचाउन वडाले टोल टोलमा जनचेतना पनि फैलाउने बताएको छ ।

lekbesi

तेस्तै वडा न ११ आपचौरमा अध्यक्ष बुढाको पहलमा नगर स्वस्थ्यले आधारभुत स्वाथ्य केन्द्रको ब्यबस्थापन गरि सुरु गरेको छ ।विश्वमा महामारीको रुपमा फैलीएको कोभिड १९ विश्वका २१५ भन्दा बढी देशमा फैलीसकेको छ ।जसको प्रतक्ष असर नेपालमा पनि देखिन थालेको छ ।

हाल सम्म नेपालमा ९ जना कोरोना संक्रमित फेला परेका छन् ति मध्ये एक जना ठिक भएर फर्किसकेका छन् भने ८ जनाको उपचार चलिरहेको छ ।

नेपालमा कोरोना संक्रमण फैलिननदिन सरकारले चैत ११ गते देखि वैशाख ३ गते सम्म लकडाउन गरेको छ भने १८ गते सम्म अन्तरास्ट्रिय उडानमा रोक लगाएको छ ।

लकडाउनको बेला मजदुरी गरि छाक टार्न मुस्किल भएका विपन्न वर्गलाई सरकारले राहत वितरण गरिरहेको छ र गर्ने निर्णय गरेको छ ।

तेस्तै वनगाड कुपिण्डे नगरपालिकाले देवस्थलमा कोरोनासंग जुध्न क्वारेईनटाईन सुरु गरेको छ भने यातायातको पहुच पुग्ने स्थानहरुमा कोरोना नस्टरहित क्लोरिन पाउडर किटनाशक औषधि छर्कने गरेको छ ।

हाल सम्म विश्वमा कोरोना संक्रमणबाट ९६ हजार बढीको मृतु भईसकेको छ भने १६ लाख बढी व्याक्ति संकर्मित छन् ति मध्ये ३ लाख ५६ हजार बढी ठिक भएर फर्केका छन् ।

तेस्तै कोरोना संक्रमणबाट मृतु हुने देशमा अमेरिका दोश्रोमा परेको छ जहा १६ हजार बढीले ज्यान गुमईसकेका छन् ।

हाल सम्म ईटालीमा १८ हजार बढीको मृतु भईसकेको छ। कोभिड १९ बाट स्पेनमा १५ हजार बढी ,फ्रान्समा १२ हजार बढीको मृतु भईसक्को छ ।

Simta