असहायले भोकै बस्न नपरोस, मनकारी समाजसेवी नगेन्द्र अग्रहरीले दिए सुनवललाई एक लाख बीस हजार ,

चैत २८ ,नवलपरासी पश्चिम – लकडाउनको समयमा अति विपन्न गरिब परिवारलाई दैनिक जीवनयापनमा कठिनाई भोगिरहेका अति विपन्न वर्गलाई राहत वितरणका लागि उद्योग वाणिज्य संघ उपाध्यक्ष , युवा समाजसेवी र अारती एग्रोका संचालक नगेन्द्र अग्रहरीले सुनवल नगरपालिकाको राहत कोषमा एक लाख बीस हजार सहयोग गर्नु भएको छ ।

‌विश्वलाई नै कोरोना भाईरस(कोभिड–१९) ले आक्रान्त बनाएपछि त्यसको जोखिम नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले लगाएको लकडाउनमा अति विपन्न, दैनिक ज्याला मजदुरी गर्ने श्रमिकलाई भोकै हुने अवस्था नआओस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको नगेन्द्र अग्रहरीले बताए ।

यसअघि पनि उहाँले आफ्नो घरमा भाडामा बस्दै आएकालाई चैत र बैशाखको घरभाडा नलिने घोषणा नवलपरासी उद्योग वाणिज्य संघ लाई ५१ हजार सहयोग गरिसक्नु भएको छ ।

lekbesi

अंगद यादव / नवलपरासी पश्चिम,