पंञ्चदेवल विनायक नगरपालिका वडान नं २ मा प्रगतिशील र सचेत युवाहरुद्वारा विपन्न वर्गलाई राहत वितरण ,

त २८ ,काठमान्डौ – अछाम जिल्लाको पंञ्चदेवल विनायक नगरपालिका वडान नं २ का प्रगतिशिल र सचेत युवाहरु काे पहलमा साे वडा मा आज राहत वितरण गरिएकाे छ।

गरिबीको जव्वर चपेटामा परेका ३५ घर धुरि छनाैट गरि प्रति घर १ कट्ठा चामल र १ लिटर तेल वितरण गरिएकाे हाे ।

lekbesi

पविनपा २ का काठमाडौ सहिद गङ्गालाल अस्पतालमा कार्यरत स्वास्थ्य कर्मि सामाजिक अभियान कर्ता कर्ण बिस्वकर्मा ,टिकापुर अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी दिपेन्द्र शाहि ,युवा व्यवसायी गणेश धामी र ईन्द्र धामीको विशेष पहलमा राहत वितरण गरिएको थियो ।

तेस्तै पन्चदेबल बिनायक वडा न २ का जागरुक युवा युवाहरु क्रमश दलित सृजनशिल साकाेस का व्यवस्थापक भिम बहादुर नेपाली, हातेमालाे साकाेश का व्यवस्थापक नरेन्द्र न्याैपाने, महिला समाजसेवि भावना साउद ,युवा ब्यावसायि बिरेन्द्र धामि,नरेश धामि नेकपा का युवा नेता नमराज न्याैपाने , शिक्षक मान बहादुर बिक (MB JANALA) पदम वाेहाेरा समाजसेवि सुरेश रावत लगाएतका युवा हरुकाे सहयोग मा आज चामल र तेल बितरण गरिएकाे छ।

विश्वमै महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणबाट बच्न नेपाल सरकारले लकडाउन गरेको छ। लकडाउनमा परि मजदुरले काम गर्न नपाएका र छाक टार्न मुश्किल रहेका विपन्न मजदुरलाई राहत वितरण गरिएको ,समाजसेवि मोहन धामीले बताए ।