प्रेस काउन्सिलले प्रधानमन्त्री कार्यालयलाई भन्यो भ्रम फैलाउने पोस्ट बारम बार किन हुन्छन ,

चैत २८ ,काठमान्डौ – प्रेस काउन्सिलले प्रधानमन्त्री कार्यालयले आधिकारिक फेसबुक पेजमा त्रुटि रुपमा गरेको पोस्ट बारेमा सतर्करहन आग्रह गरेको छ ।

प्रधानमन्त्री कार्यालयलको अधिकारिक फेसबुकबाट उपत्यकामा रहेका हरुलाई शुक्रबार र शनिबार घराना जान दिने भन्दै पोस्ट गरेको थियो ।

तेस्को केहि समयपछि उक्त पोस्टको तल पट्टी उपत्यकाबाट बाहिरिने निर्णय गलत भनेर लेखेको थियो जसको ५ मिनेट पछि प्रधानमन्त्री कार्यालयको आधिकारिक पेजनै डिलिट गरिएको थियो ।

lekbesi

जसले नागरिकमाथि आसंका हुनेखालका पोस्ट गरिएको भन्दै सामाजिक संजालभरि विरोध भईरहेको थियो। विश्वव्यापी स्वास्थ्य संकटकालको यो बेला प्रधानमन्त्री कार्यालयको प्राविधिक भूलका कारण सञ्चारमाध्यममा गलत समाचार सम्प्रेषण भई जनमानसमा पर्याप्त भ्रम सिर्जना हुन गएको काउन्सिलले बताएको छ ।

आधिकारिक सूचनाको मूल श्रोतबाटनै पटकपटक छेडखानी हुँदा सरकारी निर्णयको विश्वसनीयतामाथि थप प्रश्नचिन्ह उठ्न गएको तर्फ सचेत हुन काउन्सिलले प्रधानमन्त्री कार्यालयलाई आग्रह गरेको छ ।

त्यस्तै आगामी दिनहरूमा गम्भीरताका साथ सतर्कता अपनाउन प्रधानमन्त्री कार्यालयका अधिकारीहरूलाई आग्रह गरेको छ ।

‘यस्ता गल्ती सच्याउनेतर्फ सकारात्मक र शीघ्र पहलबाट नै आम जनसमुदाय, मिडिया र सरकारलाई विगतका महाभूकम्प, नाकाबन्दीलगायत अप्ठ्यारा कालखण्डमा झैँ अबका जुनसुकै विपत्तिहरू मिलीजुली पार लगाउनमा बल पुग्ने दृढ विश्वास लिइएको छ’ लेखिएको छ ।