कुहिएको खाद्यन वितरण गरि नगरबासीको स्वास्थ्यमा ठुलो खेलबाड गर्ने दोषीलाई कारबाहीको दायरामा ल्याउन संयोजक राधेरमण पाण्डेयको माग ,

चैत २८ ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिमको रामग्राम नगरपालिकाले बितरण गरेको खाद्यन्न सामाग्री कुहिएको र गुणस्तरहीन राहत सामाग्री वितरण गरि गरीब विपन्न र मजदुरको स्वास्थ्य माथि खेलवाड गरेको भन्दै स्वतन्त्र राजनितीक समूह नवलपरासी पश्चिमले घोर आपत्ती जनाएको छ ।

राहतको नाममा वितरण गरिएको खाद्यान म्याद गुज्रेको कुहिएको र किरा परेको सोयाबिन वितरण गरेको प्रति स्वतन्त्र राजनीतिक समूह नवलपरासी पश्चिमले ध्यानकर्षण गरेको छ ।

राहतको नाममा मजदुरलाई संत्याउने मनसायले अखाद्य र कुहिएको चामल वितरण गर्ने दोषीलाई तत्काल कारबाही हुनुपर्ने स्वतन्त्र राजनीतिक समूह नवलपरासी पश्चिमका संयोजक राधेरमण पाण्डेले बताए ।

lekbesi

विश्वब्यापी रूपमा फैलिएको (कोभिड-१९) को कारण नेपालमा लकडाउनको अवस्थामा नेपाल सरकारले अवलम्बन गरे बमोजिम स्थानीय सरकार लाई राहत वितरण कार्य गर्ने जिम्मेवारी दिएपछि रामग्राम नगरपालिकाले राहत वितरण गरेको थियो।

नगरपालिकाले कुहिएको चामल र किरा परेको सोयाविन वितरण गरेको भन्दै स्थानीयवासीले नगरपालिकाको गेटमै लगेर फालेपछि नगरपालिकाको चौतर्फी आलोचना भईरहेको छ ।

अंगद यादव/नवलपरासी पश्चिम,