१० एसएसपीको डीआईजीमा बढुवा सिफारिस पहिलोमा घनश्याम अर्याल ,

चैत २९ ,काठमान्डौ – नेपाल प्रहरीका १० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

दरबन्दी खाली रहेको २ महिनापछि गृह मन्त्रालयको बढुवा समितिले शुक्रबार १० जनालाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

डीआईजी बढुवाका लागि सिफारिस हुनेमा पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय विशेष सशस्त्र प्रहरी महाशाखा नक्सालमा कार्यरत घनश्याम अर्याल रहेका छन्।

lekbesi

अन्वेशषण योजना तथा विकास निर्देशनालयमा कार्यरत प्रकाशजंग कार्की दोस्रो नम्बरमा बढुवा भएका छन्।

बसन्तकुमार पन्त बढुवा तेस्रो नम्बरमा छन् भने ईश्वरबाबु कार्की चौथो नम्बरमा रहेका छन्। पन्त तालिम महाशाखाको जिम्मेवारीमा छन् भने कार्की मानव बेचबिखन ब्युरोमा कार्यरत छन्।

सहकुल थापा पाँचौ नम्बरमा छन् महानगरीय अपराध शाखा काठमान्डौमा उनि रहेका छन् ।धिरजप्रताप सिंह, बसन्तकुमार लामा रवीन्द्रबहादुर धानुक पनि बढुवाका लागि सिफारिस भएका छन्।

सिंह भर्ना छनौट महाशाखा, लामा लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वर र धानुक प्रहरी प्रधान कार्यालयको कार्य विभाग कार्य महाशाखामा कार्यरत छन्।

महानगरीय प्रहरी परिसरको जिम्मेवारीमा रहेका उत्तमराज सुवेदी नवौ र अख्तियारमा कार्यरत अरुणकुमार बिसी दशौ नम्बरमा बढुवा सिफारिस भएका छन् ।