लकडाउन छिट्टै खोल्न मिल्दैन घातक हुन सक्छ डब्लूएचओ ,

चैत २९ ,काठमान्डौ – विश्वमा माहामारीको रुपमा फैलीएको कोरोना संक्रमणले अहिले विश्व त्रसित छ । कोरोना त्रसित देशहरु सबै लकडाउनमा छन् ।

नेपालमा पनि कोरोना संक्रमण फैलननदिन लकडाउन गरिएको छ ।तर नेपालका विभिनन जिल्लामा लकडाउन उल्लघन गरेको संचार बहने बाहिरिने गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने विश्वभरनै सामाजिक दुरी कायम नराखी छिट्टै खुकोलो पर्दा संक्रमित संखाया बढ्न सक्ने चेतावनी दिएको छ ।

lekbesi

अहिले विश्वभर सामाजिक दूरी कायम राख्न गरिएका प्रयास छिटै खुकुलो पार्दै जाने हो भने कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या उल्लेख्य मात्रामा बढ्न सक्ने चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेससका अनुसार केहि मुलुकले आर्थिक समस्याको सामना गरेका छन् तर छिट्टै खुकुलो बनाउदा कोरोना संक्रमणको महामारी फैलीन सक्ने डब्लुएचयोले बताएको छ ।

कोरोनाले महामारीका रुपमा गनीएका देश ईटाली ,स्पेनमा लगाईएको लकडाउन केहि खुकुलो बनाउने तयारि भईरहेको छ ।

जेनेभामा भएको ‘भर्चुअल पत्रकार सम्मेलन’मा बोल्दै गेब्रेससले पछिल्लो समय यूरोपेली मुलुकमा यो महामारी सुस्ताउँदै गएको बताए ।

उनले डब्लुएचओले अहिले कडाइ बढाउने विषयमा विश्वभरका मुलुकहरुसँग सहकार्य गरिरहेको बताए ।

तेस्तै गेब्रेससले कोरोना अफ्रिका लगायतका मुलुकमा कोरोन तीव्र दरमा भाइरस फैलिन सक्ने आशंका व्यक्त गरे ।

कोरोन संक्रमण अहिले अफ्रिकाका गाँउ बस्ति टोलमा देखिन थालेको हुनाले तिब्र रुपमा फैलिन सक्ने बताए ।