Simta
Simta
lekbesi

लकडाउन कायम रहन्छ लापरवाही नगर्नु प्रधानमन्त्री ओली ,

Gurvakot

चैत २९ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई लापरवाही नगर्न बताएका छन् ।

लकडाउन जनतालाई दुख दिन गरेको होइन यो विषयबाट सबै प्रस्ट हुनपर्ने भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई ओलीले जानकारी गरेका हुन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारको ‘एक्सन रुम’बाट शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गर्दै ओलीले यस्तो बताएका हुन् ।

lekbesi

संक्रमणको खतरालाई कुनैपनि भावुक कुरा गरेर लापरवाही नगरिने ,लकडाउनलाई निरन्तरता दिने सिमा नाकामा कडाई गरिने प्रधानमन्त्री कार्यलयको सचिवालयले जारि विज्ञप्तिमा उल्लेख गरेको छ ।

जनतामा मनोवैज्ञानिक त्रास नहोस् भन्नका लागि सबै तहका सरकारले ध्यान दिनुपर्ने, क्‍वारेन्टाइनको व्यवस्था गर्नुपर्ने, अनिवार्य क्‍वारेन्टाइनमा राख्नुपर्ने प्रधानमन्त्रीको जोड छ ।

प्रधानमन्त्रीले भिडियो कन्फरेन्सबाट सुरक्षाकर्मी, प्रशासन, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले उचित ध्यान दिने विषयमा समेत छलफल भएको थियो ।

छिमेकी मुलुकमा कोरोन संक्रमण बढिरहेको बेला नेपालिपानी सिमानाकामा अलपत्र परेको बेला मुख्यमन्त्रीहरुले लकडाउनको अवस्थालाई कायम राख्नुपर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसंग झन्डै ४ घण्टा भिडियाे कन्फरेन्सबाट कुरा गरेका थिए ।

Simta