Simta
Simta
lekbesi

उच्चस्तरीय राजनीतिक संयन्त्र आवस्यक छैन प्रधानमन्त्री ओली ,

Gurvakot

चैत २९ ,काठमान्डौ – प्रधानमन्त्रीले ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्र आवस्यक नभएको बताएका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले कोरोना संक्रमणको युद्द संग लड्न राजनीतिक दलको साथ् चाहिने र त्यसकोलागी उच्चस्तरिय संयन्त्रको प्रस्ताव राखेको बेला प्रधानमन्त्री ओलीले अस्विकार गरेका हुन् ।

तिन तहका सरकारहरु कोरोना विरुद्दको लडाईमा छन् यस्तो अवस्थामा उच्चस्तरिय संयन्त्रको आवस्यकता नरहेको ओलीले बताए ।

lekbesi

सातै प्रदेशका मुख्यमन्त्रीहरुसंग भिडियो कन्फरेन्स गर्दै ओलीले उच्चस्तरिय सयन्त्रको अस्विकार गरे ।

बैठकमा उपस्थित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले उच्चस्तरीय राजनीतिक संयन्त्रको कुनै आवश्यकता नरहेको सन्दर्भमा प्रधानमन्त्रीको प्रष्ट दृष्टिकोण रहेको बताएका थिए ।

केन्द्रमा बहुमत सरकार प्रदेश र स्थानीयमा जना निर्वाचित सरकार रहेको बेला अर्को प्रस्ताव कँहा बाट आयो यो ठिक छैन ओलीले भने ।

मुख्यमन्त्रीहरुले प्रदेशमा स्वस्थ्य सामग्री आवस्यक परेको भनेपछि प्रधानमन्त्रीको ध्यान तेतातीर गएको बताए ।

कोरोना संक्रमणबाट बच्न लकडाउन उतम उपाए रहेको प्रधानमन्त्रीले बताए । लकडाउन कायम रहने काठमान्डौबाट कसैलाई बाहिरिन नदिन र सिमानाकामा भित्रिननदिन प्रधानमन्त्रीले आग्रह गरे ।

Simta