Simta
Simta
lekbesi

कोरोनाबाट ईटाली भन्दा अमेरिकामा बढीको मृतु २० हजार नाघ्यो ,

Gurvakot

चैत ३० ,काठमान्डौ – कोरोना भाईरसका कारण सबै भन्दा बढी अमेरिका ज्यान गुमाउने देशमा परेको छ ।

वर्ल्डोमिटरको आँकडा अनुसार अमेरिकामा एकैदिन १८ सय ३० को मृत्यु भएपछि मृतकको संख्या २० हजार ५ सय ७७ पुगेको छ ।

यो भन्दा पहिले सम्म सबै भन्दा बढी कोरोना संक्रमणका कारण मृतु हुने देशमा ईटाली गनिन्थ्यो ।

lekbesi

तेस्तै अमेरिकामा एकै दिन ३० हजार बढीमा नँया संक्रमण फेला परेपछि कूल संक्रमितको संख्या ५ लाख ३२ हजार ८ सय ७९ पुगेको छ ।

जसमध्ये ११ हजार ४ सय ७१ को अवस्था चिन्ताजनक छ । यस्तै,विश्वमा कोरोना संक्रमणबाट मृतु हुने देश इटली दोश्रोमा परेको छ।

हालसम्म मृतकको कूल संख्या १९ हजार ४ सय ६८ पुगेको छ । २४ घण्टामा यहाँ ६ सय १९ जनाको मृत्यु भएको थियो ।

साथै, एकैदिन ४ हजार ६ सय ९४ नयाँ संक्रमित थपिएपछि संक्रमितको कूल संख्या १ लाख ५२ हजार २ सय ७१ पुगेको छ ।

संक्रमितमध्ये ३ हजार ३ सय ८१ को अवस्था गम्भीर छ भने ३२ हजार ५ सय ३४ संक्रमित ठिक भएर घर फर्किसकेका छन् ।

Simta