Simta
Simta
lekbesi

लकडाउन उल्लघन गरेर जनप्रतिनिधि मदिरामा ब्यस्त ,

Gurvakot

चैत ३० ,काठमान्डौ – कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका वडा न. ८ का जनप्रतिनिधिले लकडाउन उल्लघन गर्दै मदिरा मोज मस्तीमा ब्यस्त छन् ।

तेती मात्र नभई उनीहरुले मदिरा सेवन गरि हो हल्ला गरेको स्थानियले बताए । खाडाचक्र नगरपालिका ८ का वडाध्यक्ष आदिचन्द्र चौलागाई ‘झलक’ र वडासदस्य विष्णु चौलागाईलाई मदिरा सेवन गरी होहल्ला गरिरहेको अवस्थामा शनिबार स्थानीयले फेला पारेका छन् ।

उनीहरुले लकडाउन उल्लघन गर्दै मदिरा सेवन गरि स्थानीयमा हो हल्ला गरेको फोटो खिचेर स्थानीय एक युवाले सामाजिक संजालमा हालेका छन् ।

lekbesi

फोटो खिचेर हालेपछि जनप्रतिनिधिको हर्कत सार्वजानिक थाहा भएको स्थानियले अध्यक्षलाई खबर गरेपछि फोटो खिच्ने युवालाई अध्यक्ष र सदस्यले गालिगलैज समेत गरेका थिए।

केहि समय स्थानीय र जनप्रतिनिधि समक्ष धकेला धकेल समेत भएको थियो ।लकडाउनलाई उल्लघन गर्दै सेरावाडा बजारमा आएर मदिरा सेवन गरी हो हल्ला गरेको पाईएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि अन्य वडाले सचेतनाका कार्यक्रम गरेपनि वडा नम्बर ८ का जनप्रतिनिधि भने लकडाउनका समयमा मदिरामा मस्त हुँदै आएको स्थानीयले आरोप लगाएका छन्।

शनिबार पनि वडामा रहेको क्वारेन्टाइनको अनुगमन गर्ने भनि आएका जनप्रतिनिधि मदिरा सेवन गरी होहल्ला गरिरहेको अवस्थामा प्रकाश मल्लले फेला पारेपछि फोटो खिचेका थिए ।

उनीहरुले प्रकाशलाई फोटो डिलिट गर्न भनेपनि मल्लले अस्विकार गरेपछि भनाभन समेत भएको हो लक्डाउनको बेला अन्य वडामा जनचेतना फैलाउने र कसरि सुरक्षित हुने भन्ने जनप्रतिनिधिले सुझाव दिन्छन।

तर ८ न वडामा भने जनप्रतिनिधि मदिरामा ब्यस्त छन् ।यो अवस्थामा स्थानियले कसरि के आशा राख्ने भन्दै स्थानीय आक्रोसमा देखिन्छन वडा अध्यक्ष संग स्पस्टिकर लिन खोज्दा भने उनको फोन अफ छ ।

Simta