Simta
Simta
lekbesi

चट्याङ लागेर दुईको मृत्यु, पाँच गम्भीर घाइते ,

Gurvakot

चैत ३० ,काठमान्डौ – खोटाङमा गएराति पानीसँगै परेको चट्याङ लागेर दुई जनाको मृतु भएको छ भने आठ जना घाईते भएका छन् ।

खोटाङको केपिलासगढी गाउँपालिका १ फेदीस्थित तोमानेका १३ वर्षीय छोरा राजमनी राई र छिमेकी ३८ वर्षीया निर्मला विश्वकर्माको घटनास्थल मै मृत्यु भएको हो ।

घाइते हुनेमा मृतक निर्मलाको १४ वर्षीया छोरी मनकला, छ वर्षीय छोरा आसन विश्वकर्मा, स्थानीय ४५ वर्षीय धनिराम राई, १८ वर्षीया मनिषा विश्वकर्मा र ३८ वर्षीया मनकुमारी राई गम्भीर घाइते भएका छन् ।

lekbesi

सामान्य घाइते हुनेमा आठ वर्षीया शुष्मा राई, ४७ वर्षीया कमलकुमारी राई, ३८ वर्षीया विर्षिका राई र ६५ वर्षीया कृष्णमाया राई रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए।

गम्भीर घाइते पाँच जनालाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ पठाइएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले जानकारी दिए ।

गम्भीर घाइते मनकलाको खुट्टामा र आसनको टाउ तथा घाँटीमा चोट लागेको प्रहरी जनाएको छ ।

स्थानीय पर्खजीत राईको घरमा जडान गरिएको विजुलीको पावरसकेटमा चट्याङ परेपछि गाउँभरी करेण्ट प्रवाह भएको थियो घाईते अधिकांसलाई विद्युत्को झड्का लागेको हुनसक्ने स्थानीय बताउछन ।

घटना लगत्तै गाउँपालिका प्रमुख राईले स्वास्थ्यकर्मी र प्रहरी सहितको टोली लगेर उद्दार गरेका थिए।

Simta