माक्स लुकाउने कांग्रेस वडा अध्यक्ष पहाडी ,

चैत ३० ,काठमान्डौ – सिन्धुलीको दुधौली नगरपालिका वडा नं. १ मा एक हजार मास्क नपुगेपछि चौतर्फी चर्चा चलेको छ।

नगरपालिकाले वडाबासिका नाममा २५०० थान मास्क पठाएको मध्ये १ न. वडामा जम्मा १५ सय माक्स वितरण गरिएको थियो ।दुधौली नगरपालिकाले वडा न १, २, ८ र १२ मा २५०० का दरले मास्क पठाएको थियो ।

तर १ न. वडामा भने जम्मा एक हजार ५ सय माक्स आएको भन्दै वडा अध्यक्ष गोविन्द प्रसाद पहाडीले दावि गरे । तर दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले भने एक विज्ञप्ति जारि गर्दै तोकीएका सबै वडामा २५ सयका दरले माक्स पठाएको बताएका छन्।

lekbesi

कोरोना संक्रमण जस्तो महामारीमा जनतालाई सुरक्षितको लागि पठाएको माक्स वडा अध्यक्षले १५ सय मात्र आयो भनेर जनतालाई प्रतिक्रिया दिनुले एक गैरजिम्मेवारीको सज्ञा दिएको वडा न १ का जनताले बताए।

वडा अध्यक्ष गोविन्द प्रसाद पहाडीले बाँकी एक हजार माक्स लुकाएर आफन्तलाई दिएको वा राखेको हुनसक्ने सबैले सजिलै अनुमान गरेका छन्।

नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्ष समेत रहेको पहाडी कांग्रेसबाट वडा अध्यक्षमा निर्वा्चित भएका थिए ।

यो विषयमा नगरपालिकाले अनुसन्धान गर्ने र अध्यक्ष पहाडीसंग स्पस्टिकारण लिने दुधौली नगरपालिकाक मेयर घनश्याम रावतले बताए।