प्रधानमन्त्री ओली ,भोलि विहान ८ बजे राष्ट्रिय गान गाऔं, ताली बजाऔं ,

चैत ३० ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन सबैमा आह्वान गरेका छन् ।

यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो, ।जसलाई प्रधानमन्त्री ओलीले समर्थन गर्दै भनेका छन्।

ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको छ ।

lekbesi

मलाई यो अभियान राम्रो लाग्यो हजुर पनि समर्थन गर्दै यो अभियानमा लाग्नुहोस राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै सबै नागरिकमा आपिल गरेका हुन्।