छोरीको जन्मदिन मनाउने रकम कोरोना राहत कोषमा जम्मा ,

वैशाख १ ,काठमान्डौ – छोरीको जन्मदिनमा खर्च गर्ने रकम एक जोडीले कोरोना राहत कोषमा जम्मा गरेका छन् ।

सुर्खेत बजेडिचौर ४ निवासी नारायण मल्लले आफ्नो छोरी रियन्सिको जन्मदिनमा खर्च गरिने रकम आपतकालीन कोरोना राहत कोषमा रु १५ ,००० जम्मा गरेका हुन् ।

नारायण हाल वैदेशिक रोजगारमा छन् । नेपाल कम्युनिस्ट पार्टी बजेडि चौर ४ वडा कमिटि सुर्खेतले खडा गरेको कोरोना राहत कोषमा मल्लले रकम जम्मा गरेका हुन् ।

lekbesi

यो आपतकालीन समयमा छोरीको जम्दीनको रकम कोरोना राहत कोषमा जम्मा गरेसंगे मल्लले सबैबाट धन्यवाद पाएका छन् ।

विश्वमा महामारीको रुपमा बल्झीरहेको कोभिड १९ को प्रतक्ष असर नेपालमा पनि पर्नसक्ने भन्दै सरकार ,प्रदेश स्थानियमा कोरोन विपद राहत कोष खडा गरिएको छ। जसमा जम्मा भएको रकम अति विपन्न मजदुरलाई सहयोग गरिने भएको छ।