निजामुदिन जमातबाट फरार दुई जना सुस्ताको नाकाबाट पक्राउ ,

वैशाख १ ,नवलपरासी पश्चिम – भारतबाट घुसपैठ गरि नेपाल प्रवेश गर्न लाग्दा नवलपरासी पश्चिम सुस्ताको मुख्यनाका मानिने बन्नकट्टीबाट दुई मुस्लिम पक्राउ परेका छ्न ।

पक्राउ पर्नेमा सुनसरी जिल्ला इनरुवा नगरपालिका पकडी बस्ने बर्ष ६५ अन्बुल मिया र सोही स्थान बस्ने बर्ष ६५ को सलामन मिया रहेका छ्न ।

भारतको दिल्लीमा भएको निजामुदिन तब्लिकी जमातको सभामा भाग लिएर भारतमा लुक्दै बसेको र रातको समयमा मौका छोपी महाराजगन्ज जिल्ला करमिसवा गाउँ हुँदै सुस्ता गाउँपालिकाको मुख्य नाका नथइनगर भइ नेपाल प्रवेश गर्न लाग्दा दुई जना मुस्लिम पक्राउ परेको हो ।

lekbesi

मुस्लिम भारतको करमिसवा हुँदै नेपाल आउदै गर्दा भारतीय सुरक्षाकर्मीले केही सोधपुछ नगरी नेपाल पठाउन लाग्दा नेपाल तर्फ खटिएका नेपाली सुरक्षाकर्मी र सुस्ता ५ का वडा अध्यक्ष प्रभुनाथ यादवको नेतृत्व टोलिले उनीहरुलाई नेपाल भारतको सिमामा नियन्त्रणमा लिएर भारतीय सुरक्षाकर्मीहरुलाई बुझाएको सुस्ता- ५ का वडा अध्यक्ष प्रभुनाथ यादवले बताए ।

अंगद यादव / नवलपरासी पश्चिम