नेपाली जनता संसारका सबै भन्दा सचेत जनताभित्र पर्छन अध्यक्ष प्रचण्ड ,

वैशाख २ ,नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्ड पुष्पकमल दाहालले नेपालमा कोरोना रोकथाम र नियन्त्रणमा लकडाउनले नागरिकलाई दु:ख कस्ट परेको तर महामारीबाट बच्न सरकार र नागरिकको सामाजिक दुरीनै उतम उपाए रहेको बताएका छन् ।

नेपालि जनताले ठुला,ठुला विपति प्राकृतिक प्रकोप ,भुकम्प ,बाढीपहिरोलाई सामना गर्दै आएको र जस्तोसुकै कठिनाईमा पनि जनताले सरकारले साथदिने गरेको प्रचण्डले बताए ।

पछिल्लो समय कोरोना संक्रमणको महामारी विश्वव्यापी रुपमा मानवजातिकै रुपमा ठुलो मोड देखिएको छ ।

lekbesi

सबै भन्दा ठुला शक्ति शालि रास्ट्रमा कोरोनाले आक्रमण र आक्रान्त परेको छ यसले धेरै प्रश्न उब्जाएको पनि दाहालले बताए ।

कोरोनाले नेपालको विकासको मोडेल ,अर्थतन्त्र ,राजनीतिक प्रणाली ,खानपिन ,संस्कृति र भूमण्डलीकरण जस्ता थुप्रैमा कोरोनाको महामारीले प्रश्न उठाएको समेत उनले बताए ।

अहिले सबै मिलेर यो महामारीलाई अन्त्य गर्न तिर लाग्नुपर्ने पनि दाहालले बताए । कोरोना विरुद्द लड्न मुख्य भूमिका भनेको सरकारको रहने र सबै रास्ट्रीय शक्ति बनाउने पारदर्शिता ढंगले काम गर्ने सबै जिम्मा सरकारको रहको पनि प्रचण्डले बताए ।

कोरना संक्रमणको विरुद्द सरकारले लकडाउन देखि मुलभूत विषय समयमानै ल्याएको र जनतामाथि कोरोना संक्रमणको रोकथामतिर सरकार लागेकोमा आअफ़ु प्रस्ट रहेको दाहालले बताएका हुन् ।

नेपाली जनता संसारका सबै भन्दा सचेत जनताभित्र पर्छन ,सरकारको नियम पालना गरेका छन् यो विषयले कोरोना महामारीबाट नेपालले जित हासिल गर्ने समेत उनले बताए ।

कोरोनाको विश्वव्यापीको प्रकृति र स्थिति हेर्दा नेपालमापनि केहि संकेत देखिने गर्दा जतिसुकै अफ्टेरो परेपनि लकडाउनलाई मुख्य हतियारको रुपमा प्रयोग केहि समय प्रयोग गर्ने पर्ने पनि उनले बताए ।

सरकारले जनताको मर्का बजेको छ तर हामीले अझै केहि कोरोना रोकथामको लागि केहि समय दुख कस्ट सहनपर्ने रहेको पनि प्रचण्डले बताए ।

यस्तो अवस्थामा हुनसक्ने गरि जनताको पिडा खास गरि दैनिक ज्यालादारी गर्ने तल्लो वर्गका जनताको समस्या समधान सम्बोधन गर्ने उपाए र केहि मानिस शहर बजारबाट गानु घर जान चाहन्छन तेस्तालाई उच्च सतर्कताकासाथ घरजान वातावरण बनाईदिने किसान हरुका समस्या खेतीपातीलाई पनि उछ सतर्कताका साथ् अगाडी बढ्न सक्ने गरि निर्णय बनाईने पनि अध्यक्ष प्रचण्डले बताए ।

तल्लो वर्ग निम्न स्तरका जनतालाई सहि ढंगले व्यवस्थापन गरि राहत वितरण गर्न सरकारले निर्णय गरेको र सबै मिलेर तेस्लाई प्रभावकारी बनाउनमा जोड दिन पनि प्रचण्डले आग्रह गरेका हुन् ।

गरिब किसानको पिडा हेर्दा आफुलाई सहनुभितु आएको उनले बताए । यो पीडाको बेला सबै हुने खानेले केहि मुठी खोल्न पनि आग्रह गरे ।

राहत वितरणमा विभिनन स्थानिय तह ,नगरपालिकामा गुनासा आइरहेको बेला सबै मिलेर समधान गर्न पनि प्रचण्डले आग्रह गरे ।

कोरोनाले अहिले मानिसलाई अहंकार नगर ,ठुलो पदमा भएर बसेको छु भन्ने नसोच भन्ने संदेश दिएको बेला निजि हुने खालका वर्गले निमुखामाथि मुठी खोल्न पनि उनले बताए ।

आफु बिहान करिब ५ बजे उठिसक्ने र आधा घण्टा सम्म पुराना ,आधुनिक संगीत सुन्ने नृत्यकर्म सकेपछि आफुले ४० मिनेट ब्याम गर्ने र परिवार देखि आफुपनि साईकिलमा घुम्ने गरेको दाहालले बताए ।