Simta
Simta
lekbesi

लकडाउन लब्याउने तयारि मन्त्रिपरिषद बैठक जारि ,

Gurvakot

वैशाख २ ,काठमान्डौ – सरकारले लकडाउन लब्याउने तयारी गरेको छ। कोरोना महामारीबाट बच्न रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत चैत ११ गते गरेको लकडाउन बुधबार भोलि ३ गते सकिदै छ ।

नेपालमा पनि कोरोना संक्रमणका बिरामी फेला पर्ने गरेका छन् लकडाउन कम्तिमा एक साता देखि दश दिन सम्म लम्ब्याउने तयारी भईरहेको वालुवाटार श्रोतले जनाएको छ ।

भारतमा पनि वैशाख २१ गते सम्म लकडाउन थपिएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।जसलाई हेरेर नेपालमा पनी लकडाउन थपिने र भारत नेपालका सिमानाका थप कडाई गरिने बताईएको छ।

lekbesi

सोमबार मात्रै कैलाली र रौतहटमा थप एकएक जनामा कोरोना भाइरसको संक्रमित भेटिएका छन्।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रिमितको संख्या १४ पुगेको छ। सुदूरपश्चिम प्रदेशमा पाँच जना, गण्डकी पदेशमा २ जना, प्रदेश २ मा चार जना र काठमाडौंमा तीन जना उपचाररत छन्।

एक जना भने उपचारपछि घर फर्किसकेका छन् । पछिल्लो समय काठमाडौको सनसिटी अपार्टमेन्टमा पनि थप तीनजनामा कोरोना संक्रमणको आशंकामाअस्पताल भर्ना गरिएको छ।

एकैघरका उनीहरुको एन्टिबडीको नतिजा पोजेटिभ आएपछि थप परीक्षणका लागि स्वाब जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएपनि थ्रोट स्वाबको रिपोर्ट आइसकेको छैन ।

Simta