बेलायतबाट आएका दुई जनामा कोरोन पोजेटिभ एक जनाको रिपोर्ट आउन बाँकी ,

वैशाख २ ,काठमान्डौ – काठमान्डौको पेप्सीखोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भए एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

तिनै जना २८ अघि बेलायतबाट नेपाल आएको सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

उनीहरु मध्ये दुई जनाको रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

lekbesi

दुईजनाको रिपोर्टमा पोजेटिभ देखिएको र एक जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।