प्रधानमन्त्री ओली माक्स र पन्जा सहित वालुवाटार मन्त्रिपरिषद बैठकमा ,

वैशाख २ ,काठमान्डौ – आज बसेको मंगलबार मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओली माक्स र पन्जा सहित उपस्थित भएका छन् ।

प्रधानमन्त्री ओलीले आज पहिलोपटक वैठकमा पन्जा लगाएका हुन् प्रधानमन्त्रीको सरकारी कार्यालय वालुवाटारमा बैठक बिहान ११ : ३० बजे बाट बसिरहेको छ ।

बैठकमा कोभिड १९ रोकथाम तथा नियन्त्रण र लकडाउनको विषयमा छलफल भईरहेको छ। बैठकले वैशाख १५ गते सम्म लकडाउन थपेको छ।

lekbesi

नेपालमा एक जना कोरोना संक्रमित फेलापरेपछि सरकारले गत चैत ११ गते बाट गरेको लकडाउन भोलि ३ गते बुधबार समाप्त हुँदै छ ।

नेपालमा अहिले पनि कोभिड १९ का संक्रमित बढ्दै गएपछि सरकारले लकडाउन लम्ब्याउने र सिमानाका थप कडाई गर्ने बताएको छ ।

हाल सम्म नेपालमा १६ जना कोरोना संक्रमित फेला परेका छन् ति मध्ये सबै भन्दा पहिला संक्रमित ठिक भएर फर्किसकेका छन् ।

तेस्तै भारतले पनि वैशाख २१ गते सम्म लकडाउन थप गरेको छ भारतलाई हेरेर पनि नेपालले लकडाउन थप्ने बताएको छ ।

भारतमा हाल सम्म १० हजार भन्दा बढी ब्याक्ति कोरोना संक्रमित छन् ति मध्ये ३५८ जनाको मृतु भईसकेको छ भने १२०५ जना ठिक भएर फर्कीएका छन् ।

भारत नेपाल सिमा नाकामा संक्रमित बढ्नसक्ने भन्दै सरकारले भारतलाई हेरेर लकडाउन थप्दै गएको छ।