लकडाउनमा एन.एम.बी बैंकद्वारा सुस्ता गाँउपालिकालाई खाद्यन्न सामाग्री हस्तान्तरण ,

वैशाख ३ ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिमको सुस्ता गाँउपालिकामा अवस्थित एन.एम.बी बैंक कुडिया शाखाले सुस्ता गाउपालिककालाई राहत स्वरुप खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।

कोराना भाइरस विश्वमा महामारीको रुपमा संक्रमण फैलिएको कारण महामारीबाट जनतालाई जोगाउनको लागि नेपाल सरकारले लकडाउन गरेको छ ।

lekbesi

दैनिक ज्यालादारी, गरीब, श्रमिक असहाय परिवारको घरमा कोई भोकै नरहोस भन्ने भावनाका साथ बैकले चामल, दाल, आलु, प्याज, तेल र नून लगायत खाद्यान्न समाग्री गाउपालिकालाई सहयोग स्वरूप हस्तान्तरण गरेको एन.एम.बी. बैक शाखा कुडियाका बैंक मैनेजर सन्तोष पौडेलले बताउनुभयो ।

एन.एम.बी. बैकले गरेको सहयोगको सराहाना गर्दै विपत घडीमा गरिब असहाय जनताहरुको सहयोग नै सबै भन्दा ठूलो मानव धर्म रहेको र आ-आफ्नो स्तर बाट सबैलाई गरिब असहाय जनता को सहयोग गर्नको लागि सुस्ता गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले अग्रह समेत गर्नुभयोकस थिए ।

अंगद यादव/नवलपरासी पश्चिम