सुर्खेत गुर्भाकोट २ मा राहत वितरण जनप्रतिनिधिकै मन मर्जी वास्तविक पिडितले राहतनै पाएनन ,
वैशाख ३ ,काठमान्डौ – सुर्खेत गुर्भाकोट नगरपालिका वडा न . २ मालारानीमा स्थानीयलाई राहत वितरण गर्दा जन प्रतिनिधिको मनोमानी हाबी देखिएको छ ।
गुर्भाकोट २ वडा अध्यक्ष नोखराज ओलीको अध्यक्षतामा सर्वदलिय बैठक बसेर राहत वितरण मालारानीका १८१ जनालाई वितरण गर्ने सहमति भएको वडा न ,२ का नेकपा वडा कमिटि अध्यक्ष निर्देश ओलीले बताए ।
मजदुरी गरि खाने तोकीएका घर धुरी र विपन्न मजदुर भन्दा बाहिर गएर वडा सदस्य सुरेन्द्र प्रसाद ढकाल र कल्पना ओलीले राहत वितरण गरिएको पाईएको छ ।
मलारानीको जन ज्ञान माविमा राखीएको राहत दाल ,चामल ,तेल , नुन ,सबै समिति बसेर बिहान १२ बजे बाट वितरण गर्ने भनेपनि ढकाल र ओली बिहानै ७ बजे आएर एकलौटि आ- आफ्ना मान्छेलाई राहत वितरण गरेको निर्देश ओलीले बताए ।
निर्देश ओलीले वास्तविक पिडित मजदुरलाई राहत वितरण नगरी मनपरी किन गरेको भनेन प्रश्नमा वडा सदस्य सुरेन्द्र प्रसाद ढकालले आफ्नो हैसियत ठुलो भएको र मन्मर्जी गर्न पाउने बताए।
तेस्तै अर्की सदस्य कल्पना ओलीले सार्वजनिक स्थलमै निर्देश ओलीलाई आफुहरुले गरेको कार्यमा नबोल्न समेत आग्रह गरिन ।अन्यथा हात पात समेत हुन सक्ने बोलेको निर्देशले बताए ।
वास्तविक मजदुरीले राहत नपाएको र राहत वितरण गरिएको घरधुरी व्यक्तिको नाम समेत एकिन हुननसकेको निर्देशले बताए ।
सार्वजानिक स्थलमा आफुलाई अभद्र व्यवहार गरेको र वडा सदस्यले मनपरी राहत वितरण गरेको भन्दै निर्देश ओलीले वडा अध्यक्ष नोख राज ओली समक्ष निवेदन दिने तयारि गरेको पनि बताए ।
लकडाउनमा परि दु:ख पाईरहेका मजदुर अति विपन्नलाई राहत वितरण गर्ने नाममा विभिनन स्थानीय तह नगरपालिकामा सेलिब्रेटी बन्न खोजेका घटना दिनहु आईरहने गरेका छन् ।