ईसाई समाज सुर्खेत भेरिगङगाद्वारा नगरपालिकालाई ६० हजार आर्थिक सहयोग ,

वैशाख ३ ,काठमान्डौ – ईसाई समाज भेरिगंगा सुर्खेतले भेरिगंगा नगरपालिकालाई नगद रु ६० हजार सहयोग गरेको छ ।

ईसाई समाज भेरिगंगाका अध्यक्ष नर बहादुर घर्ति ,बरिस्ट सल्हाकार अम्मर बिकको संयुक्त पहलमा सचिव मिलन बिसी र मान्सिंग बिकको हातबाट नगरपालिकामा पुगेर आजै उप मेयर रेणु आचार्य ढकाललाई रकम हस्तान्तरण गरेका हुन्।

विश्वव्यापी रुपमा महामारी ल्याईरहेको (कोभिड १९ ) कोरोना संक्रमणको प्रतक्ष असर नेपालमा पनि देखिन सुरु गरेको छ ।

lekbesi

कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउन आज झन्डै २३ दिन पुगेको छ भने वैशाख १५ गते सम्म सरकारले लकडाउन कायम गरेको छ ।

लकडाउनमा परि दैनिक ज्याला मजदुरी गरि खाने विपनन वर्गको घरमा आगो बल्न छोडेको छ । यस्तो अवस्थामा सरकारले संघिय प्रदेश हुँदै स्थानीय तहमा राहत वितरणको घोषणा गरेको छ ।

यो विषम परिस्थितिको घडिमा सरकारको मात्र मुख नताकी सबैले सक्दो सहयोग गर्न अमर बिकले आग्रह गरे ।

सरकार र नागरिकको सामाजिक दुरी कायम राख्दै कोरोना विरुद्द एक ढिक्का भएर लड्नु पर्ने पनि उनले बताए ।

पृथिवीमा मानवजातिनै समाप्त हुने होकी भनेन समेत भएको बेला राजनीतिक ,व्यक्तिगत ,जात धर्म नहेरी मानव अस्तित्व ढंगले अगाडी बढ्न र पारदर्शी तवरले गरिब मजदुरीलाई राहत वितरण गर्नपनि अमरले सम्बन्धित निकायलाई आग्रह गरे ।

विभिनन प्राकृतिक विपद देखि अहिलेको कोरोन अमहमारीले यो वर्षको बजेट फ्रिज हुने सम्भावना प्रबल रहेको हुनाले जनताको सुरक्षा र विकासका लागि सरकारले विशेष कानुन बनाएर खर्चने व्यवस्था बनाउन पनि उनले आग्रह गरे ।

सरकारको निर्देशन पालना गरिरहेका नेपाली नागरिकलाई सरकारले सकेको शक्ति प्रयोग गरि कोरोना नियत्रण गरि जनतालाई सुरक्षित राख्न पनि अमर बिकले आग्रह गरे । ईसाई समाज भेरिगंगा सुर्खेतको सहयोग हस्तान्तरण गर्दै उप मेयर ढकालले धन्यवाद ज्ञापन गरिन ।

हाल सम्म नेपालमा १७ जनामा कोभिड संक्रमण फेला परिसकेको छ । कोरोना संक्रमणलाई परास्त गर्न सरकारले गत चैत ११ गतेबाट वैशाख १५ गते सम्म लकडाउन गरेको छ, भने भारतमा कोरोना संक्रमणमा स्थिरता नरहेसम्म जारि राख्ने बताएको छ ।