चितवनमा एक महिलामा देखियो कोरोना पोजेटिभ,

बैशाख ३ चितवन – चितवनमा ३९ जनामा गरिएको र्यापिड टेस्टमा एक महिलामा समेत रियाक्टिभ देखिएको छ ।

राप्ती नगरपालिका वडा नम्बर ८ निवासी एक महिलाको आज गरिएको र्यापिड टेस्टमा एन्टिबडी रियाक्टिभ देखिएको हो ।

चैत ५ गते लण्डनबाट हङकङ हुदैँ नेपाल आएकी महिलामा रियाक्टिभ देखिएको राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले जानकारी दिए ।

lekbesi

गुञ्जमान सिंह अस्पतालमा निर्माण गरिएको अस्थायी कोरोना आइसोलेसन केन्द्रबाट ३९ जनाको आरडीटी टेस्ट गरिएकोमा एक जनामा पोजेटिभ देखिएको हो ।

उनलाई थप परिक्षणको लागि भरतपुर कोरोना बिशेष अस्थायी अस्पताल पठाइएको छ । उनीसँगै विदेशबाट नेपाल आएका दुई छोरामा ननरियाक्टिभ देखिएता पनि तिनैजनालाई परिक्षणको लागि भरतपुर पठाइएको छ ।

आजैमात्रै रत्ननगरमा र्‍यापिड टेस्ट गर्दा एक पुरुषमा समेत एन्टिबडी रियाक्टिभ देखिएको थियो ।

दक्षिण कोरियाबाट २०७६ चैत्र २० गते अाएका जमुनापुर अादर्शटोल निवासी एक युवालाई रत्ननगर स्थित गुन्जमान सिंह अस्पतालमा गरिएको रयापिड परिक्षणमा कोरोना पोजिटिभ देखिएको छ ।