एसईई परीक्षा पाएक पर्ने विद्यालयबाट गर्ने तयारि ,

वैशाख ३ ,काठमान्डौ – एसईई माध्यमिक शिक्षा परीक्षा नियन्त्रण कार्यालयले नजिकैको विद्यालयबाट गर्ने तयारी गरेको छ ।

कोभिड १९ को महामारी सामान्य भएपछि चालु शैक्षिक वर्षलाई असर नपर्ने गरी नतिजा प्रकाशित गर्न एसईई परीक्षा नजिकैको विद्यालयमा परीक्षा दिने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी गरेको छ ।

बोर्डले घरबाट टाढा नभएको विद्यालयमा परिक्षा दिने विषयमा छलफल भईरहेको र विद्यालयले आफ्नालागि आवस्यक पर्ने परिक्षा केन्द्रबारे जानकारी गराउन आग्रह गरेको छ ।

lekbesi

विद्यालले केन्द्र हेरे दिनभित्र परीक्षा नियन्त्रण कार्यालयको कक्षा १० को इमेल ठेगाना slcoce@hotmail।com मा पठाउन बोर्डले आग्रह गरेको छ ।

कक्षा ११ र १२ को हकमा पनि पनि यही नियम लागू हुने भन्दै बोर्डले विवरण तयार पारी राष्ट्रिय परीक्षा बोर्डमा ईमेल गर्न आग्रह गरेको छ ।