आज बिहानैदेखि मौसम पनि खराब प्रस्तुत ,

वैशाख ४ ,काठमान्डौ – उपत्यका देखि विभिनन जिल्लामा आज बिहानै देखि मौसम खराब देखिएको छ ।

हिजो बिहानैदेखि मौसम सफा रहेको र सांझा देखि मौसममा अखाराब देखिएपनि आज भने बिहानै देखि मौसममा गडबड देखिने गरेको छ ।

मौसम पूर्वानुमान शाखाका अनुसार नेपालमा हाल स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।

lekbesi

बिहिबार भने बिहानदेखि देशको पूर्वी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ ।

तेस्तै देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख गरिएको छ ।

यसैगरी, राति देशभर आंशिक देखि सामान्य बदली रहने र देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।