उपचारमा खटिएका चिकित्सक कुट्ने प्रहरीलाई तत्काल कारवाही गर्न माग ,अन्यथा आन्दोलन चर्किने ,

वैशाख ४ ,काठमान्डौ – कोरोना संक्रमण( कोभिड १९ ) महामारीको बेला सर्वसाधारणको उपचारमा खटिएका तीन जना डाक्टरमाथि प्रहरीले कुटपिट भएको राष्ट्रिय आवासीय चिकित्सक संघले जनाएको छ ।

त्रिवि शिक्षन अस्पताल (आईओएम)मा कार्यरत चिकित्सकमाथि महाराजगञ्जको कान्ती अस्पतालमा पछाडि ओरालोमा हिजो बुधबार बेलुका प्रहरीले हातपात र लाठी चार्ज गरेको विज्ञप्ति जारी गर्दै संघले जनाएको हो ।

अध्यक्ष डा. अनुप उप्रेती र सचिव बादल कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । अस्पतालबाट फर्केको र परिचयपत्र देखाउँदा अवगत गराउँदा पनि लाठि चार्ज र गालीगलौज गर्ने प्रहरीलाई तत्काल छानविनदायरा र कारवाही अगाडी बढाउन आह्वान गर्दछौं ।

lekbesi

कारबाही प्रक्रिया अघि नबढाए कडाभन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ ।

संघले विज्ञप्ति जारि गरेपछि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले छानविन समिति बनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यको नेतृत्वमा रहेको छानविन समितिमा महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रहरी उपरीक्षक (एसपी) मुकेश सिंह र महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी सदस्य छन् ।

घटनाको यथार्थ बुझेर प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएको रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।