गुल्मीमा बाढीले पक्कि पुल बगायो ट्याक्टर पनि लग्यो ,

वैशाख ४ ,काठमान्डौ – गुल्मीमा हिजो राति परेको पानिले बढीघाट खोलामा आएको बाढीले बन्दै गरेको पक्की पुल भत्किएको छ ।

बाढीका कारण गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत वडा नम्बर ३ र ७ जोड्नका लागि बन्दै गरेको पक्की पुल भत्कीएको हो ।

यो पुल ढलानको क्रममा पनि भात्कियाको थियो । हिजोको बाढीले पुल भत्कायपछि दोश्रोपटक पुल ढलेको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बता ।

lekbesi

तिन वर्ष अघिबाट निर्माण भैरहेको पुल ५५ मिटरको रहेको छ ।बाढीले पौदीअमराई र कल्यार जोड्ने पक्की पुलमा समेत क्षति पुगेको छ ।

त्यस्तै गुल्मीमा बुधबार निस्ती खोलामा आएको बाढीले चण्डेश्वरी हेभी इक्युपमेण्ट कन्स्ट्रक्सनको लु १ त २४८२ नम्बरको ट्याक्टर समेत बगाएको छ ।