Simta
Simta
lekbesi

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघ्यो ,

Gurvakot

वैशाख ४ ,काठमान्डौ – अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको छ ।

हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा कोभिड १९ बाट ३० हजार आठ सय २६ जनाको ज्यान गएको छ ।

अमेरिकामा कोभिड १९ बाट हाल सम्म ६ लाख ३७ हजार ब्याक्ति संक्रमित छन् । अमेरिकामा सबैभन्द बढी न्युयोर्कमा दुई लाख १४ हजार नाघेको छ भने यो राज्यमा अहिलेसम्म १४ हजार ६४ जनाको मृत्यु भइसकेको छ ।

lekbesi

तेस्तै न्यु जर्सीमा अहिलेसम्म ७१ हजार मानिस कोभिड १९ बाट संक्रमित भइसकेका छन् ।

यो राज्यमा अहिलेसम्म तीन हजार एक सय ५६ जनाको मृत्यु भइसकेको छ भने अमेरिकामा ५२ हजार संक्रमित निको भएर घर फर्केका छन् ।

हाल सम्म कोरोना संक्रमणबाट ज्यान गुमाउने अमेरिका पहिलो देशमा परेको छ ।तेस्तै क्रमस ईटाली दोश्रो देशमा परेको छ जसमा कोरोन बाट २१ हजार बढीको मृतु भईसकेको छ । स्पेनमा १८ हजार बढी र फ्रान्समा १७ हजार बढीको कोभिड १९ बाट मृतु भईसकेको छ ।

Simta