Simta
Simta
lekbesi

लकडाउनलाई खुकुलो पार्ने तयारिमा जर्मन ,

Gurvakot

वैशाख ४ ,काठमान्डौ – (कोभिड १९) संग लड्न जर्मनले गरेको लकडाउनलाई खुकुलो पार्ने तयारि गरेको छ ।

जर्मन चान्सलर एन्जेला मार्केलले देशभर जारी लकडाउनलाई विस्तारै खुकुलो बनाउँदै लैजाने घोषणा गरेकी छन् ।

आगामी सातादेखि त्यहाँका केही निश्चित पसलहरू खुला रहने मार्केलले बताएकि छिन । बिबिसीले बताए अनुसार आगामी मे ४ देखि विद्यालयहरू पनि विस्तारै पूर्ववत् सञ्चालनमा ल्याइने मार्केलले उल्लेख गरेकी छन् ।

lekbesi

लकडाउन खुकुलो पारिए पनि मानिसहरूको भीडभाड हुने बार, क्याफे, रेस्टुरेन्ट, चलचित्र हल र संगीत भेन्यु भने हाललाई बन्द नै रहने छन् ।

धार्मिकलगायतका ठूला सभा गर्न लगाइएको प्रतिबन्ध भने आगामी अगस्ट ३१ सम्म जारी रहने बताइएको छ ।

मर्केलले कडा उपायहरूले गर्दा देशले संक्रमणको रोकथाममा थोरै भने पनि प्रारम्भिक सफलता हात पारेको बताएकी छन्।किनमेल र ,यातायात प्रयोगकोबेला सबैले माक्स लगाउनुपर्ने उनले बताएकि छिन।

जर्मनीको रोबर्ट कक इन्सिट्यूटले जर्मनीमा कोरोना भाइरसबाट १ लाख २७ हजार ५ सय ८४ जना संक्रमित भएको र ३ हजार २ सय ५४ जनाको ज्यान गएको जनाएको छ।

Simta