सुर्खेत गुर्भाकोट ८ मा जनप्रतिनिधि शुशिला कार्कीले राहत नदिएर बृद्ध महिलालाई निर्घात कुटपिट मार्ने धम्कि ,

वैशाख ४ ,सुर्खेत – सुर्खेत गुर्भाकोट नगरपालिका वडा न ८ का जनप्रतिनिधिले स्थानिय एक बृद्ध महिलामा हात पात गरेका छन् ।

गुर्भाकोट ८ कि जनप्रतिनिधि नेपाली कांग्रेसकि सुसिला कार्की ले राहत वितरणको बेला आफुलाई हात पात गरेको बृद्ध ईन्द्रकला कार्कीले रंग दर्पणलाई बताईन ।

ईन्डियन लाहुरे ,सुब्बा ,सरकारी कर्मचारी भएको घरमा चामलको कठ्ठानै दिएको र मजदुरहरुले किन नपाउने हामीलाई पक्ष गरेको भन्दा ति जनप्रतिनिधिले बृद्ध ईन्द्रकला कार्कीमा हातपात गरेकी हुन् ।

lekbesi

जनप्रतिनिधि शुशिला कार्कीले बुद्ध ईन्द्रकलालाई सार्वजानिक स्थलमै कुटपिट गरि मारेर फाल्ने र बरु पैसानै तिर्ने समेत बोलेको प्रतक्षदर्शीले बताए ।

शुशिला कार्कीले नेपालि कांग्रेसले मात्र राहत पाउने नेकपाले नपाउने समेत बोलेको स्थानीय बताउछन । गुर्भाकोट २ मा हिजोमात्र नेपालि कांग्रेसका जनप्रतिनिधिले मन मानि ढंगले आफ्ना मान्छेलाई राहत वितरण गरेको पाईएको थियो ।

 

गुर्भाकोट ८ मा हिजोपनि राहत वितरण भएको र हुने खानेले राहत पाएको तर मजदुरले भने अहिले सम्म कुनै राहत नपाएको बताए ।

वृद्द महिलामाथि हात पात गरेपछि स्थानिय जनताले नाराबाजी गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।