Simta
Simta
lekbesi

चिकित्सक कुटपिट प्रकरणमा जिम्मेवारीबाट हटे डिएसपि लम्साल ,

Gurvakot

वैशाख ४ ,काठमान्डौ – त्रिवि शिक्षन अस्पतालका चिकित्सकलाई हिजो साँझा प्रहरीले कुटपिट गरेको छानविन समितिमा महानगरीय प्रहरी वृत्तका डीएसपी उमेश लम्साललाई छानबिनका लागि जिम्मेवारीबाट हटाइएको छ ।

उनलाई छानबिनका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको छ । महाराजगञ्ज वृत्तबाट खटिएको प्रहरीले कान्ति बाल अस्पताल पछाडि पैदल हिँडिरहेका तीन जना चिकित्सकलाई बुधबार साँझा कुटपिट गरेको घटना सार्वजनिक भएको थियो।

चिकित्सकले आफुहरु अस्पतालबाट आएको र परिचयपत्र देखाउँदा पनि प्रहरीले गालि गलौज गर्दै कुटपिट गरेको संघले विज्ञप्ति जारि गरेको थियो ।

lekbesi

घटनाको छानबिन गर्न महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोख्रेलले एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो।

Simta