लकडाउनमा समस्या छ भने राहत लिन आउनुहोस नायिका करिश्मा मानन्धर ,

काठमान्डौ – लकडाउनका कारण खानमा समस्या भएको भए राहत लिन आउन नायिका करिश्मा मानन्धरले आग्रह गरेकी छिन ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा परि दैनिक रोजी रोटिमा आम नागरिकलाई समस्या परेको छ ।

यस्तो अवस्थामा बाहिरबाट आएर उपत्यकामा रहने गरेका र राहतम समस्या भोग्नुपरेका हरुले राहतको लागि आफु संग सम्पर्क गर्न नायिका मानन्धरले आग्रह गरेकी छिन ।

lekbesi

तेस्तै राहतको लागि आफ्नो निवास ललितपुर टौखेल वरिपरी रहेकालाई राहत लिन गोदावरी भिलेज स्टुडियो (मानन्धर निवास) मा सम्पर्क गर्न पनि उनले आग्रह गरेकी छिन् ।

तेस्तै कोरोना सबै देशहरुमा तिब्र रुपमा फैलिरहेको हुनाले आ आफ्नो घरमा सुरक्षित क्वारेईनटाईनमा बस्न पनि करिश्माले आग्रह गरेकी छिन ।