Simta
Simta
lekbesi

अब एक जिल्लाबाट अर्को जिल्लामा जान नमिल्ने ,

Gurvakot

वैशाख ४ ,काठमान्डौ – लकडाउनको अवधिभर एक जिल्लाबाट अर्को जिल्लामा जान गृहमन्त्रालयले रोक लगाएको छ ।

नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई परिपत्र गरेर गरेको छ ।

लकडाउनका कारण भने नागरिक हिड्दै गरेको बाटोमा भेटिन्छन । गृहले एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न नदिन भनेपछि बाटोमा हिडेका नागरिकलाई थप ठुलो समस्या पर्ने देखिन्छ ।

lekbesi

लकडाउन अवधिभर सर्वसाधारणलाई एक जिल्लाबाट अर्को जिल्ला नजाने गरि सुरक्षा व्यवस्था मिलाउन प्र्शासन र सुरक्षा निकायलाई परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए।

जो जँहा बसेको छ तेही बस्न र कुनै कुराको आवस्यक परे सर सापटी गरेर चलाउन ,र नजिक रहनेले वडा संग सम्पर्क गर्नपनि शर्माले बताए ।

सुरक्षा निकाय, दुवै प्रहरी संगठन र सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई परिपत्र गरेर मानिस आवतजावत कडाइका साथ नियन्त्रण गर्न निर्देशन गरिएको उनले बताए ।

निर्देशन अवज्ञा गरेर हिँड्नेलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गरिने उनले स्पष्ट पारे।

शर्माका अनुसार वैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले भारतीय सीमा नाका अनिश्चितकालका लागि बन्द गर्दै नाका सिल गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको बताए । सोहि निर्णय अनुसार गृहले काम कारवाही अगाडी बढाएको उनले प्रस्ट पारे ।

Simta