Simta
Simta
lekbesi

माथिको निर्देशन भन्दै नौबिसेमा बर्दियाका ४० पैदल मजदुरलाई रोकियो ,

Gurvakot

वैशाख ५ ,काठमान्डौ – नेपाल सरकार गृह मन्त्रालयले गरेको निर्णयले लकडाउनमा बाटोमा हिडीरहेका नागरिकलाई थप सास्ती परेको छ ।

गृह मन्त्रालयले लकडाउनको अवधिभर आजबाट एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ ।

नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई परिपत्र गरेर गरेको छ ।

lekbesi

लकडाउनका कारण भने नागरिक हिड्दै गरेको बाटोमा भेटिन्छन । उनीहरु हप्तौबाट भोकै छन् बाटोमा हिडेका नागरिकको पिडा कसले बुज्ने ।

हाम्रो लागि सरकार छ कि छैन भन्ने उनीहरुको प्रश्न छ । बसेको स्थानमा खान बस्न नपाएपछि उनीहरु हिडेरै भएपनि विभिन्न स्थानमा आफ्नो घर पुग्नको लागि हिडेका छन् ।

तर सरकारको निर्णयले उनीहरुलाई झन् आधाबाटोमा अलपत्र पारेको छ । भक्तपुर र बूढानीलकण्ठमा घर निर्माण गर्ने मजदुरहरू पृथ्वी राजमार्गमा अलपत्र परेका छन् ।

बिहीबार बिहान ३ बजे उपत्यकाबाट बर्दिया राजापुर जाने भन्दै ६ महिलासहित ४० जनाको समूह कलंकीबाट नारायणगढ जाने ट्रकमा चढेका थिए ।

तर बिहानै गल्छी पुग्‍नासाथ प्रहरीले माथिको आदेश भन्दै ट्रकलाई काठमाडौं फर्काएको छ । ट्रकमा चढेका मजदुरलाईइ भने नौबिसेमा झारीएको छ ।

हेटौंडा जाने ना. ६ ख १६३४ नम्बरको ट्रकँसग नारायणगढसम्मको २० हजार भाडा तिर्ने सहमति गरेर उनीहरु हिडेका थिए । हिँडेरै बर्दिया जान लागेको उक्त समूहलाई प्रहरीले लाठी प्रहारसमेत गरेको थियो।

लकडाउनका कारण हजारौ मजदुर विभिनन जिल्लामा अलपत्र छन् ।
उनीहरु कुम्ला कतेरा बोकेर बच्चा,बोकेर रात दिन पैदल हिडेका छन् जसको लागि सरकारले कुनै पहल नगरेको देखिन्छ न जान दिन्छ न खान बस्ने व्यवस्था मिलाउछ ।

 

 

Simta