गुर्भाकोट नगरपालिका २ वडा कार्यालयमा राहत वितरणको अनियमितता पोस्ट प्रति कार्यालयको प्रस्टीकरण ,

वैशाख ५ ,काठमान्डौ -गुर्भाकोट नगरपालिका वडा .न २ मा राहत वितरणमा अनियमितता भयो भनि समाचार सम्प्रेषण प्रति वडा न २ वडा कार्यालयले प्रस्टिकर गरेको छ ।

वडा अध्यक्ष नोख बहादुर ओलीले एक विज्ञप्ति जारि गर्दै विश्वभर फैलीएको कोरोना महामारीको प्रतक्ष असर नेपालमा रोकथाम तथा नियन्त्रणमा गरिएको लकडाउनमा वडाका अति विपन्न वर्गका नागरिकलाई राहत वितरण गरेको बताए ।

गुर्भाकोट नगरपालिका वडा न .२ को सर्वदलिय बैठक बसी वडाका विपन्न वर्गलाई छनोट गरि राहत वितरण गरेको वडा अध्यक्ष नोख बहादुर ओलीले जानकारी दिए ।

lekbesi

वडा न .२ निवासी नेकपाका वडा कमिटि अध्यक्ष निर्देश ओलीले राहत वितरणमा अनियमितता भन्दै सामाजिक संजालमा पोस्ट गरेको प्रति नोख बहादुर ओलीले खेद प्रकट गरे ।

राहत वितरण समितिमा निर्देश ओली स्वयम् आफु पनि रहेको र समिति सबैले एक साथ् मिलेर विपन्न वर्गलाई राहत वितरण गर्दा अन्य जनप्रतिनिधिले कति खेर गएर कार्यालय खोलि राहत वितरण गरे भन्नेमा आफ्नो ध्यानकर्षण भएको बताए ।

वडा सदस्य सुरेन्द्र प्रसाद ढकाल र कलपना ओलीले आफुलाई गालि गलौज गरेको भनि निर्देश ओलीले सामाजिक संजालमा लेखेको कुरा सत्य नरहेको सर्वाधरण देखि सबैमा वडा अध्यक्ष नोख बहादुर ओलीले बताए ।

राहत वितरणमा संगै हिडेर बैठकमा हस्त लिखित निर्णय गर्ने निर्देशले अनावस्यक पोस्ट गरि जनप्रतिनिधि सुरेन्द्र प्रसाद ढकाल र कलपना ओलीको नाम राखेर सामाजिक संजाल भरि मानाहानी गरेकोमा वडा कार्यालयले घोर भर्सना गरेको वडा अध्यक्ष नोख बहादुर ओलीले जानकारी गराए ।

निर्देश ओली आफै वडा कमिटि नेकपाको जिम्मेवारी ब्याक्ति रहरेपनि यो विषम परिस्थिथिमा जनमानसमा भ्रम सिर्जना गर्ने पोस्ट नगर्नपनि उनले आग्रह गरे ।