नागरिक मजदुरलाई एसरि दु:ख दिन मिल्दैन,जनार्दन शर्मा ,

वैशाख ५ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अलपत्र परेका मजदुरको तत्काल उद्दार र व्यवस्थापन गर्न सरकारसंग आग्रह गरेका छन् ।

सरकारले गरेको लकडाउनमा परेका हजारौ मजदुर विभिनन जिल्लामा अलपत्र परेको समचार घटना आईरहेकोबेला सरकारको ध्यान नागरिक तिर जान शर्माले अनुरोध गरेका छन् ।

श्रम गर्न आएका मजदुर लकडाउनमा परि उपत्यकाबाट आफ्नो घर जान भन्दै हिँडेका तर विभिनन स्थानमा अलपत्र छन् । सरकारले नागरिकमाथि सौतेनी ब्यबहार गरेको मजदुर बताउछन ।

lekbesi

सरकारले हामीलाई न त बस्ने खाने ब्यबस्थान गर्यो न त घर जानेनै हिडेर जान भन्दै बाटोमा अलपत्र नागरिकमाथि बल्कि प्रहरीले लाठ्ठी समेत बर्साएको समचार आउने गरेका छन् ।

यो घटनाले आफुलाई स्तब्ध गराएको र तत्काल मजदुरको उद्दार गरि सम्बन्धित स्थानमा पुर्याउन जनार्दन शर्माले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

बीच बाटोमा हिडिरहेका नागरिकलाई झनै संक्रमणको खतरा हुन सक्ने भन्दै उनीहरुलाई तत्काल सम्बन्धित जिल्ला स्थानमा पुर्याउनु पर्ने शर्माले बताए ।

तेस्तै नागरिक अलपत्र र कस्टकर पैदल यात्राका समचार फोटो हेर्दा प्रतिपक्ष दल नेपालि कांग्रेसले यो देशमा नागरिकको सरकार नरहेको प्रतिक्रिया दिएको छ ।

सरकारले सिमाना र विभिनन उपत्यका जिल्लामा नागरिकलाई अलपत्र पारेको र अनावस्यक प्रहरीले दुख दिईरहेको प्रतिपक्षिदल नेपालि कांग्रेसले टिप्पणी गरेको छ ।