Simta
Simta
lekbesi

व्याक्ति संस्थाले प्रभावित नागरिकलाई राहत वितरण गर्नु परे स्थानिय तह मार्फत गर्नु पर्ने कर्णाली सरकारको निर्णय ,

Gurvakot

वैशाख ५ ,काठमान्डौ – (कोभिड १९) प्रभावित नागरिकलाई व्यक्तिले राहत दिनुपरेमा सिधै व्याक्तिलाई दिन नमिल्ने कर्णाली प्रदेश सरकारले निर्णय गरेको छ ।

कर्णाली प्रदेश सभाको पाँचौ अधिवेशन आजदेखि अन्त्य गर्न लाई प्रदेश प्रमुखसंग सिफारिस गरेको पनि सरकारकी प्रवक्ता बिमला केसीले बताईन ।

कोरोना महामारीको रोकथाम तथा नियन्त्रणगर्न सरकारले गरेको लकडाउनमा राहत उपलब्ध गराउन चाहने व्याक्ति ,संघसंथाले सोझै समुदायमा पुगेर वितरण नगरी स्थानिय तहलाई उपलब्ध गराई तहबाट वितरण गर्न बैठकले जानकारी गरेको छ ।

lekbesi

कोरोनाको सामुदायिक संक्रमण रोकथाममा नागरिक जुन स्थानमा छन् ति स्थानमा बस्न व्यवस्थापन गरि सुरुवातीबिन्दु र आगमनमा रोक लगाउन सरकारसमक्ष अनुरोध गर्ने पनि बैठकले जानकारी गरेको छ ।

नागरिकलाई सरकारले एक जिल्लाबाट अर्को जिल्ला र स्थानीय तहमा आफ्नो सिमाना कटाई अपमानजनक ब्यबहार गरेको पाईएको प्रति पनि प्रदेश सरकारको ध्यानाकर्षण भएको छ ।

यस्तो अवस्थामा सबै नागरिकलाई सम्मान ब्यबहार र सुरक्षा प्रत्यभूति गराउन सरकार समक्ष सबै प्रदेश जिल्ला र स्थानिय तहलाई निर्देशन गरिने कर्णाली प्रदेश सरकार तथा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि बिमला केसीले बताईन ।

Simta