चीनका लागि नेपाली राजदूतमा महेन्द्र पाण्डे ,

वैशाख ५ ,काठमान्डौ – जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे नियुक्त भएका छन्।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पाण्डेलाई नियुक्त गरेकी हुन्।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई सरकारले पूर्वमन्त्री पाण्डेलाई सो पदमा नियुक्तिका लागि सिफारिश गरेको थियो।

lekbesi

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव घिमिरेले विज्ञप्तिमार्फत सो जानकारी दिएका छन्।