Simta
Simta
lekbesi

अपडेट नेपालमा एकै दिन १४ कोरोना संक्रमित फेला संकर्मितको संख्या ३० पुग्यो ,

Gurvakot

वैशाख ५ ,काठमान्डौ – नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।आज थप १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजमात्र उदयपुर जिल्लाका १२ जना र चितवनका दुई जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।संक्रमितहरु उदयपुर नगरपालिका-३ स्थित भुल्केमा रहेको मस्जिदमा भेटिएका थिए ।

lekbesi

हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ | जस…

Gepostet von Ministry of Health and Population-Nepal am Freitag, 17. April 2020

मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए ।स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली भेटेपछि परीक्षण गरिएको थियो ।

परिक्षनको क्रममा आज कोशी अस्पताललमा पोजेटिभ‘ देखीएपछि थप परिक्षनको लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो तथ्यांक अनुसार उदयपुरमा सर्वाधिक धेरै १२ जना, काठमाडौँमा ५, कैलालीमा ४, पर्सामा ३, चितवन र बाग्लुङमा २–२ तथा कञ्चनपुर र रौतहटमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् जसमध्य एक जना सुरुमानै ठिक भएर फर्किसकेका छन् ।

Simta