बनगाड कुपिण्डे नगरपालिका ११ को वडा कार्यालय जसले महामारीको बेला सिकिस्त बिरामीलाई काट्यो कर ,

वैशाख ५ काठमान्डौ – यो विषम परिस्थिति लकडाउनको बेला सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न. ११ वडा कार्यालयले स्थानिय एक सिकिस्त बिरामीबाट कर काटेको छ ।

वडा न .११ का अध्यक्ष बिर बहादुर बुढा कैलासले यो महामारीको बेला जसमा सिकिस्त बिरामीलाई थोरै पनि मानवीयता नसोची ३०० रुपैयाँको रसिद काटेका छन् ।

स्थानीय दल बहादुर बिक कि श्रीमती वर्ष ४२ कि अबिसरा बिक अकस्मात बिरामी भएपछि मेहेलकुना अस्पताल लैजाने बेला उनले ३०० सयको रसिद काटेको पाईएको छ ।

lekbesi

धारापानीबाट अटोमा राखेर बिरामी वडा कार्यालय ढोरपिपल लागि रसिद काटेर मात्र बल्ल बिरामीका श्रीमान् दल बहादुर बिकले सुर्खेतको मेहेलकुना अस्पताल लागेका थिए ।

सिकिस्त बिरामी रहेको अवस्थामा धारापानीबाट सिधै अस्पताल पनि लैजा सकिन्थ्यो तर लकडाउनको पालना गर्दै पिडित दल बाहादुरले श्रीमतीको लगि वडा कार्यालयमा सिफारिस लिन पुगे पनि कार्यालयका अध्यक्षले ३०० रसित काटेका हुन् ।

यस्तो बेला सिकिस्त बिरामीलाई ओहोर दोहोर गराउन आग्रह गर्ने वडा अध्यक्ष र उनले काटेको रसिदले चौतर्फी आलोचना भईरहेको छ ।

अतिआवस्यक बिरामी ,स्वस्थ्य सामग्री ,खाद्यान बोक्ने गाडी ,बिरामीलाई कुनै अवरोध नगर्न संघिय सरकारले ७७ वटा जिल्लामा परिपत्र गरेको छ । तर स्थानीयका जनप्रतिनिधिलाई भने थोरै पनि जानकारी नभएको जस्तो देखिन्छ ।