कर्णाली प्रदेश सल्यान जिल्लाबाट मात्र २५ हजार मजदुर ४६ जिल्लामा अलपत्र ,

वैशाख ६ ,काठमान्डौ – लकडाउनका कारण कर्णाली प्रदेशका सल्यानका मजदुर विभिन्न ४६ जिल्लामा अलपत्र परेका छन् ।मजदुरको शिलशिलामा देशको विभिनन जिल्लामा पुगेका उनीहरु अलपत्र परेका हुन् ।

सल्यान जिल्लाबाट रामेछाप ,रोल्पा ,वाग्लुङ्ग ,भक्तपुर ,काठमान्डौ ,नुवाकोट ,कास्की ,पोखरा ,लम्जुङ्ग ,स्याङ्जा ,गोरखा ,रसुवा आदि जिल्लामा महिला पुरुष गरि २५ हजार बढी मजदुर अलपत्र छन् ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनले गर्दा काम गर्ने कम्पनि बन्द भएपछि उनीहरु बाटोमा अलपत्र परेका छन् ।

lekbesi

सल्यान बनगाड कुपिण्डे नगरपालिका वाडा न .११ पाँचारे ,लाछुहालेका ३० जना नुवाकोटको शिवपुरी गाँउपालिकामा अलपत्र छन् ।

धौलागिरि सीएमसी कम्पनिमा कामगरे उनीहरुलाई कम्पनीले टिप्परमा राखेर सम्बन्धित स्थान सम्म पुर्याउन खोजेपनि पास नपाउदा अलपत्र छन् ।तेस्तै पाँचारे,माझकाँडा,लहायत वरपरका ११० जना मजदुर विराटनगरमा अलपत्र छन् ।

हिजोमात्र सल्यानका ४० जनालाई धादिङ्गको गल्छी सम्म पैदल पुगेका मजदुरलाई प्रहरीले नौबिसेसम्म ल्यायर अलपत्र पारेको छ भने केहि मजदुर काठमान्डौको कलङ्किमा अलपत्र छन् ।

हिडेरै ,भोकै लत्ता ,कपडा बोकेर घरजान भनेर हिडेका उनीहरुले विभिनन जिल्लाबाट रंग दर्पणलाई सम्पर्क गरेका छन् । भक्तपुरको ईट्टा भट्टीमा काम गर्ने कारब ५ हजार मजदुर अलपत्र छन् ।

उनीहरुले नागढुंगा सम्म छिराईदिए आफुहरु हिडेरै घर जाने बताए । रंग दर्पणले सल्यान जिल्लाका माननीय टेक बहादुर बस्नेत ,कर्णाली प्रदेश सरकारका राजनीतिक सल्हाकार भिम प्रकाश शर्मा संग टेलिफोन संवाद गरेपछि अहिले कुनैपनि तवरबाट उद्दार गर्नसकिने अवस्था नरहेको बताए ।

काठमान्डौ ,भक्तपुर ,ललितपुरका सिडियोले कुनैपनि नागरिकलाई उपत्यकाबाट बाहिर जाननदिने र पास नदिने भनेपछि मजदुर अलपत्रमा परेको टेक बहादुर बस्नेतले स्वीकार गरे ।

आफ्नो सम्पर्कमा पनि थुप्रै जिल्लाबाट अलपत्र परेका मजदुर नागरिकको गुनासो आउने गरेको र विभिनन जिल्लाक नगरपालिका ,स्थानिय तहसंग समन्यव गरेर खाने बस्ने व्यवस्थापन गरिरहेको उनले बताए ।

तेस्तै भिम प्रकाश शर्मालेपनि नागरिकलाई अहिले पैदल नहिड्न आग्रह गरे ,बीचबाटोमा झनै अलपत्र समस्या पर्नसकिने र बिरामी भए उपचार गर्नेसमेत ठाँउ नहुँदा संक्रमण बढ्न सकिने भएकोले एथास्थितिमा बस्दिन शर्माले आग्रह गरे ।

नागरिले भने सरकारले गरेको लकडाउनको समयसिमा नरहेकोले आफुहरु हिडेरै घर जाने बताए । यता बसेर काम पनि छैन ,बस्न ,खान समस्या छ ,घरमा गहु पाकेर लटरम्म छन् ।

,दिनहुको असिना पानीले नोक्सान पुर्याईरहेकोले आफ्ना परिवार समेत बिचल्ली परेको हुँदा सरकारले जसरि भएपनि कुनै व्यवस्थापन गर्दिन मजदुरले आग्रह गरेका छन् ।

गृह मन्त्रालयले भने हिजो देखि एक जिल्लाबाट अर्को जिल्लमा जान रोक लगाएपछि बाटोमा हिडेका मजदुर झन् अलपत्र परेका छन् ।

सर्वोच्च अदालतले घर जान चाहने पैदल यात्रुलाई स्थानीय तहसँग समन्वय गरी पठाउन सरकारका नाममा अन्तरिम आदेश जारीपछि प्रधानमन्त्री तेस्को ३ घण्टामानै लकडाउनलाई थप कडा गर्न निर्देशन दिएका छन् ।

शुक्रबार साँझ मन्त्रिसहित कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्यहरुसँगको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनलाई थप कडा गर्न निर्देशन दिएका हुन् ।

विभिनन जिल्लाका नागरिक विभिनन स्थानमा अलपत्र परेपछि सरकारले अहिले सम्म उदारको कुनै पनि पहल नगरेको भन्दै सरोकार प्रतिपक्षिदलले आलोचना गरेको छ ।

कोरोना संक्रमणबाट बच्न सरकारले गत चैत ११ गतेबाट गरेको लकडाउन वैशाख १५ गते सम्म थप गरेको छ । भारतमा कोरोना संक्रमण स्थिर नभएसम्म नेपालमा लकडाउन जारि रहने मन्त्रिपरिषदका एक ब्याक्तिले बताए ।