Simta
Simta
lekbesi

सर्लाहीमा र्‍यापिड टेस्ट गर्दा एक जनामा देखियो कोरोना पोजेटिभ ,

Gurvakot

वैशाख ६ ,सर्लाही – सर्लाहीमा र्‍यापिड टेस्ट (आरडीटी) गर्दा एक जनामा कोरोनाको संक्रमण देखिएको छ ।

सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय बालकलाई शुक्रबार साँझ आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पुष्टि गरे ।

सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्‍यापिड टेस्ट गर्दा एक जनामा पोजेटिभ देखिएको जिसीले बताए ।

lekbesi

कोरोना पोजेटिभ देखिएका ती बालक चैत २३ गते भारतबाट आफ्नो गाउँ धनकौल आएका थिए। भारतबाट आएको जानकारी भएपछि ति बालकलाई आफ्नो घर नपुग्दै क्वारेन्टाइनमा राखिएको थियो ।

कोरोना पोजेटिभ देखिएका उक्त बालकको थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रजिअ जिसीले बताए ।

ति बालक संग रहेका अर्का व्याक्तिमा र्‍यापिड टेस्ट गर्दा नेगेटिभ देखिएको छ उनलाई पनि थप परिक्षनका लागि जनकपुर पठाईएको जिसीले बताए ।

Simta