बिरामीलाई भुल बस सचिवले रसिद काटे छन् फिर्ता गर्छौ ,

वैशाख ६ ,काठमान्डौ – बनगाड कुपिण्डे नगरपालिका ११ न . वडा कार्यालयले हिजो स्थानिय सिकिस्त बिरामीलाई कर काटेको समाचारप्रति ध्यानाकर्षण गरेको छ ।

वडा कार्यालयमा सचिव नँया रहको र उनले जानकारी नपाएर रसिद काटेको वडा कार्यालयले बताएको छ ।

बिरामीलाई काटेको रसिदको पैसा फिर्ता गर्ने पनि वडा कार्यालयले रंग दर्पणलाई जानकारी गरेको छ ।

lekbesi

स्थानीय दल बहादुर बिक कि श्रीमती वर्ष ४२ कि अबिसरा बिक अकस्मात बिरामी भएपछि मेहेलकुना अस्पताल लैजाने बेला उनलाई वडा कार्यालयका सचिवले ३०० सयको रसिद काटेका थिए ।

तेस्तै वडा कार्यालय अध्यक्ष बिर बहादुर बुढाको पहलमा बनगाड कुपिण्डे नगरपालिकाले स्थानीय ५ जनालाई धादिङ्गबाट उद्दार गर्ने जानकारी गरेको छ ।

बनगाड कुपिण्डे नगरपालिकाका मेयर गोबिन्द पुनले ५ जनालाई लिन बोलेरो गाडी त्यसतर्फ पठाएको बुढाले जानकारी गरे ।

नगरपालिकाका थुप्रै मजदुर विभिन्न ठाँउमा अलपत्र परेको र उनीहरुलाई उद्दारको लागि सरकार संग पहल भईरहेको पनि उनले बताए ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले नेपालमा लकडाउन गरेको छ । लकडाउनमा परि विभिनन जिल्लाका नागरिक अलपत्र परेका छन् ।