सुर्खेत गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनलाई खाडीबाट एक युवाले लेखे यस्तो भावुक पत्र ,

वैशाख ६ ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेत गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनलाई खाडीबाट एक युवाले खुल्ला पत्र लेखेका छन् ।

ति युवाले मेयर पुललाई २०१७ अप्रिल ४ मा पनि खुल्ला पत्र लेखेको र यो आफ्नो दोश्रो पत्र रहेको बताएका छन् ।

प्रकाश घर्ति हाल खाडी मुलुक युएईमा कामगर्दै गरिरहेका ति युवाले पत्रमा भनेका छन् ।

lekbesi

यो हजुरको सक्षम नेतृत्व को अग्नि परिक्षा हो विशेष गरि ४ कुरामा ध्यान दिन जरुरी देखिन्छ आदरणीय मेयर ज्यु मा पहिले सकारात्मक कुराबाट अगाडी बढ्छु भन्दै प्रकाश घर्तिले लेखेको पत्र यस्तो छ ।

अरबको खाडी वाट मेयरलाई खुल्ला पत्र,,

” यो हजुरको सक्षम नेतृत्व को अग्नि परिक्षा हो”

आदरणीय मेयर ज्यु
गुर्भाकोट नगरपालिका , सुर्खेत
कर्णाली प्रदेश

यो भन्दा पहिले 4 अप्रिल 2017 मा हजुरलाइ यसैगरी अरबको खाडी वाट पहिलो खुल्ला पत्र लेखेको थिए ।

समाजिक संजालमा आएका विभिन्न टिका टिप्पणी ले गर्दा आज ठिक ३ बर्ष पछाडी फरक विषयमा दोस्रो खुल्ला पत्र लेख्ने जमर्को गरेको छु ।।

सबै भन्दा पहिला सकारात्मक कुरा बाट कुरा सुरु गरौ “कोराना लाग्दैमा मरिने होइन ” यति कुरा बुझाउन सकियो भने धेरै हद सम्म काम गर्न सजिलो हुने छ ।

2019 को आखिरी महिना डिसेम्बरमा चिनको बुह्रान बाट सुरु भएको कोरोनाको महामारीले अब सन्सारका कुनै देश अछुतो नहुने लगभग जस्तै देखिएको छ ।

चिनीया सरकारको जनता प्रती उक्तर्दायी र सक्षम नेतृत्वले गर्दा नै आज चीन यस समस्याको पारको नजिक पुगेको छ र ठिक बिपारित चिनियाँ भाइरस भन्दै उच्छृङ्खल अभिव्यक्ति दिने डोनाल ट्रम्पको अमेरिका आज सबैभन्दा मारमा छ ।

इटलि जापान र दक्षिण कोरिया मा एक साथमा लक्षण देखिएको थियोे कोरिया र जापानका नागरिक यति अनुशशित थिए कि ?

सरकारलाई कोरोना नियन्त्रण तथा रोकथाममा सहजता भयो तर इटलिका जनताले लक डाउन उल्लंघन गरे तोडफोडमा उत्रिए प्रहरीले भिड नियन्त्रणका लागि गोलि चलाउदा केहिको ज्यान गयो ।

फल स्वरुप कोरोनाले महामारी रुप लिदा २५,००० औ हजार को ज्यान गयो लाखौं प्रभावित भए त्यसैले जनताको साथ बिना सरकार बाट मात्र नियन्त्रण सम्भावना छैन हो हामिले सिक्नु पर्ने भनेको यहि नेर छ ।

अर्को कुरा हाम्रो छिमेकी भारत पनि एक महिना अगाडि ठिक अहिलेको हाम्रो अबस्था थियोे। आज भारतमा १२,३७०जनामा संक्रमण र मृत्यु हुनेको संख्या ४२२ पार भैसकेको अवस्था छ।

यश बाट हामीले दोस्रो पाठ सिक्न सक्छौ र हामि सङ्ग अझै पनि समय छ र हामीले हाम्रो ठाँउ बाट नमुना को रुपमा फरक ढंगले उदाहरणीय रुपमा अगाडी जान सक्छौ ।

सबैभन्दा पहिला हामीले तपशिलका कुरामा ध्यान दिन जरुरी देख्छु

विशेष गरि ४ कुरामा ध्यान दिन जरुरी देखिन्छ,,
क.स्रोत पहिचान
ख.परिचालन समती
ग.अनुगमन समिति
घ.कार्यान्वयन को चरण

क.स्रोत पहिचान
१.भौगोलिक सुगमता
२.यातायात सुबिधा
३.संचार तथा सूचनामा पहुच
४.शिक्षित समुदाय
५.स्वास्थ संस्थाको पहुच
६.पर्याप्त जनशक्ति
७.सामाजिक अवस्था
८.अर्थिक स्रोत
९.खाद्य सामाग्री
१०.सुरक्षा स्थिती
११.सरोकारवाला

यी सम्पुर्ण कुराको ब्यबस्थापन पछि बिसय क्षेत्रमा दखल ब्यक्तीको अगुवाइ मा कहि टिम बनाउन जरुरी देखिन्छ,
जस्तै
ख.परिचालन समिति
१.स्वास्थक्रमिको टिम
२.राहत बितरन टिम
३.स्वयं सेबि टिम
४.सुरक्षाक्रमिको टिम
५.सरोकारवालाको टिम
६.सूचना तथा सञ्चार टिम
७.रेस्क्यु (उद्दार) टिम
८.घरधुरी वर्गीकरण टिम

ग.अनुगमन समिति

माथिको सम्पुर्ण टिम संचालनको लागि मेयरको अगुवाइमा टिम प्रमुख , सम्पुर्ण राजनैतिक दलका प्रतिनिधि अनुगमन समिती र विषय विशेषज्ञ रहने गरि नगर स्तरिय कोरोना रोग उपचार तथा रोकथाम टिमको गठन

घ .कार्यन्वयन को योजना
१.सम्पुर्ण नगरपालिका भित्रका घरधुरी वर्गीकरण गरिनेछ जस्मा राहत दिन पर्ने अथवा खाद्यान्न सामाग्रीमा पहुँच हुनु पर्ने दुई भागमा वर्गीकरण गर्ने छौ ।

राहत दिनु पर्नेलाइ घरमै राहत र किन्न सक्नेलाइ घरमै चाहिएको खाद्यान्न सामागि उपलब्ध हुने बाताबरण मिलाउन सक्छौ नोट :- राहत सामाग्री घरमै पुराउने ब्यबस्था गर्न सक्छौ ।

२.सम्पुर्ण जनता लकडाउन कारण घरमा हुनेछन यस्तो अबस्थामा हामी उनिहरुलाइ घरमै सुरक्षित बस्न र नया जानकारीहरु दोहोरो रुपमा प्रबाह गर्ने छौ सूचना प्रचार प्रसार गर्न विभिन्न सामाजिक संजाल तथा विद्युतिय सामाग्री प्रयोग गर्न सक्छौ ।

३.संक्रमितको आशन्का भए घरबाटै रेस्क्यु गरेर सम्पर्कमा आएका ब्यक्ती सहित क्वारेन्टाइनमा राख्ने छौ ।

४. स्वास्थ सस्था अरु बिरामीका उपचारका लागि उपलब्ध गराइ स्वास्थ सस्था भन्दा बाहिर रहेका भबनहरुमा क्वारेन्टाइन रूपमा पप्रयोग गर्नेछौ।

(किनभने सवै बिरामीको उपचार एकै ठाउमा हुदा अन्यलाई पनि संक्रमण हुन सक्छ) र क्वारेन्टाइन का लागि निम्न ठाउ प्रयोग गर्न सक्छौ जस्तै शभा हल , स्कुल, विभिन्न सघसस्थाका भबनहरु)

 

४. नगर पालिका भित्र प्रबेश मा कडा प्रतिबन्ध लगाउने छौ ।
५. नगरपालिकाका प्रत्येक चोक,टोलमा र सार्बजनिक ठाउमा सेनिटाइज गर्नेछौ ।
६ सरकारी महसुल बिना जरिवाना (बिजुली ,पानी,मालपोत
इत्यादि ) महामारी नियन्त्रण पश्चात् बुझाउने ब्यबस्था गर्न सन्छौ ।
७.विभिन्न धार्मिक तथा सामाजिक कामहरुलाइ प्रतिबन्ध लगाउन सक्छौ
८.नियम कडाइ साथ लागू गर्ने र उलंघन गर्नेलाई जरिवाना गर्न सक्छौ
९.अलपत्र यात्रुलाई सम्बन्धित ठाँउमा समन्वय गरि उद्दार गर्न सक्छौ ।
१०.भबिस्यलाई ध्यानमा राखी क्वारेन्टाइन को क्षमता बढाउने छौ ।
११.महङ्गी नियन्त्रणमा विशेष जोड दिनेछौ ।

युएइ का रोकथाम का केही प्रयाश हरु

१ सरकारी अफिस लगायत सम्पुन कार्यालय बन्द,
२ सम्पुर्ण होटेल पार्टी जिम क्ल्ब फिल्म हल सार्बजनिक
ठाउमा प्रतिबन्ध,
३ अत्यावश्यक काम बाहेक बिना काम बाहिर निस्कने जरिवाना जेल,
४ग्लोभ्स र मास्क बिना बाहिर निस्किए जरिवाना,
५कोरोना बिरामी लुकाए जरिवाना र जेल,
६ बस स्टेशन बन्द तथा बसमा एक सिट छोडेर एक लाइनमा,
एक जना यात्रु
७ खाद्य सामाग्री र मेडिकल बाहेक सम्पुर्ण बन्द,
८ समुहमा बाहिर निस्किए जरिवाना,
९.यु ए इ को एक राज्य बाट अर्को राज्यमा जान प्रतिबन्ध,
१०.लक डाउन अबधिमा मुल्य वृद्धि हुन नदिनु,

यसमा आबस्यक कुरा हजुरहरु बाट पनि थप होस ।
धन्यवाद
प्रकाश घर्ती
हाल :-दुबई